भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र तस्करी मौलाउँदै गएपछि ठूलो मात्रामा राजस्व चुहावट भइरहेको बताएका छन्। भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले भन्सार नाकाबाट दिनदहाडै अवैध सामान भित्रिने तथ्यले चिन्ता बढाएको बताए।
गृहमन्त्री ओमप्रकाश अर्यालसहित १२ जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको कार्यक्रममा आचार्यले “नेपाल–भारत सीमा क्षेत्रमा मिलेमतोमै भन्सार छली भइरहेको छ, यसको नियन्त्रण कसले गर्ने ?” भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराए।
ट्राफिक प्रहरीले चेकजाँचको नाममा सर्वसाधारण र पर्यटकलाई सास्ती दिने गरेको भन्दै उनले चेकजाँच प्रणाली व्यवस्थित गर्नुपर्ने बताए।
भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि सरकारले कदम चालिरहेको उल्लेख गर्दै उनले भदौ २३ र २४ का घटनाको यथार्थ छानबिन नगरी दलहरूले चुनावमा जान नसक्ने चेतावनी पनि दिए।
‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
‘लुम्बिनीमा भन्सार छली मिलेमतोमै भइरहेको छ’ : मुख्यमन्त्री आचार्य
Advertisement
तपाईको प्रतिक्रिया