• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, पुष ०३, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

  • ३. राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

  • ४. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ५. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

संघीय सरकारले शहरी विकासदेखि खानेपानीसम्मका काम रोक्यो: मुख्यमन्त्री आचार्य


  •   शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारले विकास बजेट रोक्का गर्दा चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको बजेट कार्यान्वयनमा समस्या परेको बताउनुभएको छ ।
    नेकपा एमाले अर्घाखाँची जिल्लाले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सडक पूर्वाधार, शहरी विकास, खानेपानी लगायत जनतासँग प्रत्यक्ष जोडिएका आयोजनामा विनियोजित बजेट संघीय सरकारले रोक्का गरेकाले काम अघि बढ्न नसकेको बताउनुभयो ।
    उहाँले भन्नुभयो,‘संघीय सरकारले बजेट रोक्का गर्दा शहरी विकास, खानेपानी, सडकका कामहरू रोकिएका छन् । आज काम नगर्ने भनिएको छ । अर्घाखाँची जिल्लाको विकासको गति अहिलेको संघीय सरकारले कहाँ पु¥याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा जवाफदेहिता हुनुपर्छ की पर्दैैन ।’
    मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा धेरै कामहरू भइरहेको उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधन स्रोतको सदुपयोग गरी जनताको आकांक्षा पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
    सम्बोधनको क्रममा मुख्यमन्त्री आचार्यले केही व्यक्तिहरूले सरकारी कार्यालयहरूमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने जस्ता अराजक गतिविधि गरिरहेकोमा चिन्ता व्यक्त गर्दै स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
    उहाँले भन्नुभयो,‘निश्चित व्यक्तिका समूहहरू आज कार्यालय–कार्यालय गएर कर्मचारीलाई तेजोवध गर्ने शैलीमा धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्न निर्देशन दिन चाहन्छु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।’
    उहाँले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र संघसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
    मुख्यमन्त्री आचार्यले कार्तिक १० गते एमाले अर्घाखाँचीले संविधान संरक्षण र लोकतन्त्रको सुदृढीकरणका लागि सद्भाव ¥यालीको आयोजना गर्न लागेको जानकारी दिँदै सो कार्यक्रममा सबैलाई सहभागी हुन आह्वान गर्नुभयो ।
    कार्यक्रम एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालको अध्यक्षता तथा मुख्यमन्त्री एवम् पार्टीका केन्द्रीय सदस्य चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह–महामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान), नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ठाकुरकुमार विक (किशोर), राष्ट्रिय जनमोर्चाका नेता शेरबहादुर विसी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    Advertisement

    शनिबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह
    दुना-टपरी उद्योगबाट स्वरोजगार बन्दै महिलाहरू
    गुल्मीमा दुध, माछा र मासुको स्वच्छ उत्पादन र व्यवस्थापनबारे छलफल
    राप्तीमा फोहोर व्यवस्थापनसम्बन्धी विवाद समाधान
    गुल्मीका ३२ उत्कृष्ट उद्यमी सम्मानित, ८ जनाले पाए नगद पुरस्कार
    भैसवा खोलामा पक्की पुल निर्माण सुरु,

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ३.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ४.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ५.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation