दाङ । दाङको राप्ती गाउँपालिका–२ रामनगरस्थित लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन बिहीबार उद्घाटन गरिएको छ।
राप्ती गाउँपालिका, वडा कार्यालय र विभिन्न मण्डलीको सहयोगमा कुल १९ लाख ८१ हजार २ सय ५५ रुपैयाँ लागतमा निर्माण गरिएको भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नु भएको हो।
उहाँले उद्घाटन समारोहमा बोल्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्नुभयो। संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेको स्मरण गर्दै उहाँले सबै धर्म तथा सम्प्रदायका अधिकार समान रहेको र धार्मिक सहिष्णुता अझ सुदृढ गर्न आवश्यक रहेको बताए।
अध्यक्ष विष्टले सबै नागरिकलाई राज्यले समान दृष्टिले हेर्नुपर्नेमा जोड दिनु हुँदै, एक–अर्काको धार्मिक आस्था, परम्परा र अस्तित्वलाई स्वीकार नगरेसम्म सहअस्तित्व सम्भव नभएको धारणा व्यक्त गर्नुभयो। साथै राप्ती गाउँपालिकाले सबै जाति, धर्म, लिङ्ग, वर्ग, भाषा र संस्कृतिलाई समेट्दै समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउने उल्लेख पनि उहाँले गर्नुभयो।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी रमेशमान गुरुङ, बिजुवार सुसमाचार प्रचार मण्डलीका मास्टर देबु गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन
भालुबाङमा लालमटिया सुसमाचार मण्डलीको भवन उद्घाटन

Advertisement
तपाईको प्रतिक्रिया