काठमाडौं। विभिन्न जिल्लामा अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङ: विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ९३० मिलिग्रामसहित उदयपुर चौदण्डीगढी–२ बस्ने ३५ वर्षीय शेर बहादुर खड्कालाई बुधबार राति पक्राउ गरिएको छ। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारततर्फ पैदल आउँदै गरेका उनलाई नियन्त्रणमा लिएको हो।
बर्दिया: गुलरिया नगरपालिका–८ कोठियाबाट ब्राउन सुगर जस्तो देखिने ४४० मिलिग्राम लागूऔषधसहित सोही ठाउँ बस्ने १९ वर्षीय अरबिन्द थारूलाई पक्राउ गरिएको छ।
बाजुरा: बडीमालिका नगरपालिका–९ बाउलीबाट चरेश जस्तो देखिने करिब १.५६ किलो लागूऔषधसहित बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीय बिरेन्द्र थापालाई नियन्त्रणमा लिएको छ।
सुनसरी: ईनरूवा नगरपालिका–४ बसचोकबाट ब्राउन सुगर करिब १.७४ ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल ४०० ट्याब्लेटसहित रामधुनी नगरपालिका–५ बस्ने १७ वर्षीय किशोरसहित दुई जनालाई पक्राउ गरिएको छ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।