प्युठान — प्युठानको उत्तरी भेग गौमुखी गाउँपालिका–२ अर्खा बोँगालेमा चट्याङ लाग्दा एकजनाको ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
शनिबार राति करिब ९ बजेतिर ससुराली घरमा बसिरहेका बाइचौरका २८ वर्षीय रमित राना बितालुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। शनिबारकै दिन उनी श्रीमतीसहित ससुराली आएका थिए। श्रीमती गर्भवती रहेको पारिवारिक स्रोतले जनाएको छ।
उक्त घटनामा सोही घरका १७ वर्षीय प्रेम सुनार घाइते भएका छन्। घाइतेलाई प्राथमिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको प्रहरी सहायक निरीक्षक मिनबहादुर सेनले जानकारी दिए।
Advertisement