प्युठान । माण्डवी गाउँपालिका–१ तिरामका क्यान्सर पीडित नवीन बस्नेतलाई उपचारका लागि २८ हजार रुपैयाँ सहयोग गरिएको छ। एमाले निकट राष्ट्रिय युवा संघ माण्डवी गाउँपालिका कमिटीको पहलमा संकलित उक्त रकम घरमै पुगेर हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रममा माण्डवी गाउँपालिकाका संस्थापक अध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य श्रीधर रोकाले आफ्नो जन्मदिनको अवसरमा व्यक्तिगत तर्फबाट फलफूल र थप रकम प्रदान गरेका थिए।
Advertisement