गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को प्रगति समीक्षा सम्पन्न गरेको छ । नगरपालिकाले एक कार्यक्रमका बीच सम्पन्न समीक्षा विभिन्न विषयगत शाखाहरुले एक वर्षभित्र गरेका गतिविधि, उपलब्धि र आगामी वर्षका योजनाका बारेमा विस्तृत जानकारी प्रस्तुत गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार विकास, कृषि, पर्यटन, सामाजिक सेवा लगायतका क्षेत्रमा पु¥याएको प्रगति र समसामयिक चुनौतीहरूबारे छलफल गरिएको थियो ।
समिक्षा कार्यक्रममा नगरप्रमुख खिलध्वज पन्थीले नगरपालिकाले स्रोतसाधन सीमित भए पनि उपलब्ध स्रोतको अधिकतम उपयोग गरेर जनउत्तरदायी सेवा प्रवाहमा विशेष ध्यान दिएको बताए । उनले आगामी वर्षमा योजनाबद्ध विकास, जनताको सहभागिता र सुशासनलाई प्राथमिकतामा राखी कार्य गर्ने प्रतिवद्धता जनाए ।
शाखा प्रमुखहरूले आ–आफ्नो क्षेत्रको कार्य सम्पादन विवरण प्रस्तुत गर्दै अबका दिनमा अझ प्रभावकारी कार्यसम्पादनका लागि नीति तथा कार्यक्रम सुधारको आवश्यकता रहेको बताएका थिए । रेसुङ्गा नगरपालिका प्रत्येक वर्ष यस्तो समिक्षा कार्यक्रम गरी प्रगति मूल्यांकन र आगामी योजना निर्माणमा सहयोग पु¥याउने उद्देश्य राख्दै आएको छ ।
रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा
रेसुङ्गा नगरपालिकाले ग¥यो एकवर्षे प्रगति समीक्षा

Advertisement
तपाईको प्रतिक्रिया