• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

मन्त्रालय परिसरमा ह्वीलचेयर सेवा सुरु

लोकप्रिय समाचार

  • १. कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

  • २. वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार १९ जनाको खोजी

  • ३. पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको आग्रह

  • ४. मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

  • ५. कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

  • ६. राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

  • ७. आयरल्यान्ड र युएई पठाइदिने भन्दै ३९ लाख ठगी, दुई पक्राउ

  • ८. नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन

  • ९. कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको अनुगमन

  • १०. सिक्टा आयोजना समयमै सक्न मन्त्री श्रेष्ठको जोड

मुसिकोटमा सिंचाइ कुलोदेखि पदमार्गसम्म : रोजगार योजनाको पहुँच


  •   बिहिबार, साउन २३, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम र नगरपालिकाले आफ्नै स्रोत साधनबाट गरि झण्डै २०० सय जनालाई रोजगारी प्रदान गरेके छ । नगरले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८१ । ८२ मा ७१ जना स्थानीयलाई ४ हजार ९८७ दिन रोजगारी पाएका छन् ।
    यस कार्यक्रमले स्थानीय विकास र बेरोजगारी समाधानका लागि ठूलो योगदान पुर्याएको मुसिकोट नगरपालिकाले जनाएको छ । कार्यक्रम अन्तर्गत विभिन्न विकास परियोजनाहरूका लागि सडक मर्मत, सिचाइ कुलो मर्मत, पोखरी र चौपारी निर्माण जस्ता कार्यहरू सफलतापूर्वक सम्पन्न भएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले बताए ।
    मुसिकोट नगरपालिकाले ‘बेरोजगारीलाई निकासः आफ्नै ठाउँको विकास’ भन्ने मूल नारासँगै बेरोजगारीको समस्या समाधान गर्नका लागि निरन्तर प्रयासरत छ । नगरपालिकाले आफ्नै स्रोत र साधनबाट निर्माण र मर्मतसम्भार कार्यहरू सञ्चालन गर्दै आएको छ । यसका माध्यमबाट १२८ जनाले ५हजार ४६२ दिन रोजगारी पाएका छन् ।
    नगरपालिकाले सञ्चालन गरेको योजनाहरूमा सिंचाइ कुलो मर्मत, सडक मर्मत, पोखरी र चौपारी निर्माण, पदमार्ग निर्माण, प्रतिक्षालय निर्माण लगायतका योजनाहरू निर्माण गरेका छन् । यी परियोजनाहरूले स्थानीय कृषकहरूको उत्पादनमा वृद्धि ल्याउने, पानीको आपूर्ति सुधार गर्ने र यातायातको सुविधा थप्ने कार्य गरेको नगरपालिकाले जनाएको छ ।
    यसले गाउँका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउने दिशा पनि तय गरेको छ । यस कार्यक्रमले मुसिकोट नगरपालिकाका स्थानीयवासीलाई महत्वपूर्ण अवसरहरू प्रदान गरेका छन् ।
    रोजगारी सृजनाको माध्यमबाट नगरपालिकाले बेरोजगारी कम गर्न पहलकदी लिन थालेको छ । ग्रामीण क्षेत्रमा भौतिक संरचनामा सुधार, जलस्रोतको व्यवस्थापन, सडक तथा यातायात सुविधामा वृद्धि, र कृषि उत्पादनमा वृद्धि ल्याउने कार्य पनि गरेको छ ।
    रोजगार कार्यक्रमका माध्यमबाट नागरिकले आफ्नो जीवनस्तर सुधार गर्नुका साथै नगरपालिकाको समग्र विकासमा योगदान पुर्याएको खरेलले बताए । मुसिकोट नगरपालिकाले आगामी वर्षहरूमा पनि यस्तो प्रकारका कार्यक्रमहरूको निरन्तरता दिने योजना बनाएको छ ।
    नगरपालिकाले स्थानीय स्रोत र साधनहरूको सदुपयोग गर्दै विभिन्न योजनाहरूको माध्यमबाट बेरोजगारीको समस्यालाई समग्र रूपमा समाधान गर्ने उद्देश्य राखेको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । यसका साथै स्थानीय नागरिकलाई अझ बढी अवसरहरू सिर्जना गर्न, शहरीकरण र ग्रामीण विकासलाई सँगसँगै अघि बढाउने लक्ष्य पनि राखिएको छ।
    समग्रमा मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमले स्थानीय नागरिकलाई रोजगारीका अवसरहरू प्रदान गरेको छ । बेरोजगारी समाधान, विकास र सुधारका यी योजनाहरू स्थानीय स्तरमा महत्वपूर्ण योगदान पुर्याउँदै गएका छन् ।
    यसले मुसिकोट नगरपालिकाको समग्र विकासमा ठूलो भूमिका खेलेको छ । मुसिकोट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रबाट ४४ जनाले श्रम स्वीकृती प्राप्त गरेका छन् । त्यसमध्ये २ जनालाई आर्थिक सहायताको लागि सहजिकरण गरिएको छ ।
    जसका कारण उनीहरूलाई श्रमिक अधिकारको संरक्षण र कानूनी लाभ प्राप्त भएका छन् ।

    Advertisement

    बिहिबार, साउन २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?
    पूर्वाधार निर्माणको गुणस्तर सुधार्न लुम्बिनीमा परीक्षण प्रयोगशाला
    सिद्धार्थ बैंकको डरलाग्दो किर्ते धन्दाः बैंक विरुद्ध पीडितहरू मिडियामा
    पश्चिमको विद्युत् समस्या समाधान खोज्न मन्त्री श्रेष्ठ दुई दिन फिल्डमा
    ५८ स्थानीय तहमा गुणस्तरीय बीउ उत्पादन कार्यक्रम सञ्चालन
    स्थानीयको पहलले हराभरा बन्यो बिचित्रा ठाकुर वन

    लोकप्रिय

    • १.
      कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    • २.
      वैदेशिक रोजगार ठगीमा एकैदिन २५ मुद्दा, फरार

    • ३.
      पत्रकार महासंघलाई औपचारिक छलफलमा आउन मन्त्री तिमिल्सिनाको

    • ४.
      मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज

    • ५.
      कोशी अस्पतालको अतिक्रमण हटाउन एक साताको समय

    • ६.
      राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना

    भर्खरै

    • १.
      लुम्बिनी प्रदेशको बजेट खर्च ६७ प्रतिशत, कुन मन्त्रालयले कति खर्च ग¥यो ?

    • २.
      जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको शिलान्यास

    • ३.
      इटालीमा इतिहास रचेकी अल्ट्रा धाविका सुनमाया बुढा शिक्षामन्त्रीबाट सम्मानित

    • ४.
      गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता

    • ५.
      मन्त्रीको निर्देशनमा प्रदूषण परीक्षण, ३८ मध्ये २० सवारी कारबाहीमा

    • ६.
      ध्रुवे हात्तीलाई रेडियो कलर लगाइने, मृतकका परिवारलाई २० लाख राहत

    • ७.
      राष्ट्रिय गौरवका सिँचाइ आयोजना अब डिजिटल निगरानीमा

    • ८.
      स्थानीय तहको सुविधा सम्बन्धी विधेयक फिर्ता लिने लुम्बिनी सरकारको निर्णय

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...