दाङ । थारु समुदायको गुरही पर्व, मधेसी समुदायको गुडिया पर्व र हिन्दू धर्मावलम्बीहरूको नागपञ्चमी पर्वको अवसरमा राप्ती गाउँपालिकाले साउन १३ गते मंगलबारका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाले सोमबार सूचना जारी गर्दै गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था तथा गाउँपालिका मातहतका अन्य निकायहरूमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाएको छ।गाउँपालिकाले विविध सांस्कृतिक र धार्मिक चाडपर्वप्रति सम्मान व्यक्त गर्दै स्थानीय तहको अधिकारअनुसार बिदा दिने निर्णय गरेको जनाइएको छ।
Advertisement