रुपन्देही — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।
आयोगका अनुसार योजना सम्पन्नपछि भुक्तानी सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग मोलमोलाइ गर्दै यादवले घुस मागेका थिए। उनलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
पक्राउ परेका वडाध्यक्षमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
Advertisement