• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ८. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • गुल्मी । नेपाली समाजमा धार्मिक, साँस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको सुनचाँदी जस्तो परम्परागत र मूल्यवान् वस्तुलाई राज्यले ‘विलासी वस्तु’ को रूपमा परिभाषा गर्दै हालैको बजेटमा अत्यधिक कर लगाएको भन्दै देशभर विरोध चर्किएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त नेतृत्वमा सुरु भएको आन्दोलनले व्यापक राष्ट्रिय रूप लिइरहेको छ।
       यसै सन्दर्भमा गुल्मी जिल्लामा पनि सुनचाँदी व्यवसायी, कालिगढ, साना उद्यमी, व्यवसायी संघ–संस्थाहरू एकजुट भई आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।  उनिहरुले पसल नै बन्द गरेर  आन्दोलन गरिरहेका छन् । 
    सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमार्फत सुनचाँदी गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जोडिएका लाखौं नागरिकको भविष्य संकटमा परेको व्यवसायीहरूको गुनासो छ।
    गुल्मी सुनचाँदी व्यवसायी संघ अध्यक्ष झबिन्द्र सुनारका अनुसार, नेपाली समाजमा सुनचाँदी केवल विलासिता नभई परम्परा, विश्वास र आत्मसम्मानको प्रतीक भएको बताए । “सुनचाँदीले हाम्रो संस्कृति बोकेको छ, यसलाई करको भारले थिच्नु परम्परामाथि प्रहार हो,” अध्यक्ष सुनारले भने । 
    नेपालको आर्थिक तथा सामाजिक संरचनामा सुनचाँदीको विशिष्ट स्थान छ। अधिकांश नेपालीहरू कृषि तथा साना व्यवसायबाट प्राप्त सानो आम्दानी बचत गरी गरगहना खरिद गर्छन्, जसलाई धेरैले आपत्‌कालीन नगद सम्पत्तिको रूपमा समेत लिने जारी बिज्ञप्तिमा उल्लेख छ । 
     यस्तो वस्तुलाई विलासिता भनिँदा निम्न तथा मध्यम वर्ग प्रत्यक्ष मारमा परेको सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा सुन खरिद गर्ने आम नागरिकको क्षमता कमजोर भएको छ। 
    व्यवसायीहरूका अनुसार बजारमा ८० प्रतिशतसम्म कारोबार घटिसकेको अवस्था छ। यस्तो बेलामा राज्यको कर वृद्धिले व्यवसायलाई धराशायी बनाउने खतरा थपिएको सुनचाँदी व्यवसायीको भनाइ छ । 
    गुल्मी उद्योग वाणिज्य संघ, गुल्मी चेम्बर अफ कमर्स, विभिन्न व्यवसायिक संघ-संस्था तथा कालिगढहरूको सहभागितामा गरिएको विरोध कार्यक्रममा सरकारले लादेको अव्यवहारिक कर नीतिको तत्काल खारेजीको माग गरेेका छन् । 
    महासंघले माग सम्बोधन नभए चरणबद्ध रूपमा थप कडा आन्दोलनका कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरिने चेतावनी पनि दिएको छ।

    Advertisement

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation