• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असार २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

दाङमा पेस्तोलसहित एक युवक पक्राउ

लोकप्रिय समाचार

  • १. ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

  • २. नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

  • ३. परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका : ‘फलामको चुरा’ युट्युबमा

  • ४. प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

  • ५. रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

  • ६. गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

  • ७. गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

  • ८. दाङमा बाघको छालासहित तीन जना पक्राउ

  • ९. नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

  • १०. कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै


  •   सोमबार, असार १६, २०८२ मा प्रकाशित
  • गुल्मी । नेपाली समाजमा धार्मिक, साँस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा गाँसिएको सुनचाँदी जस्तो परम्परागत र मूल्यवान् वस्तुलाई राज्यले ‘विलासी वस्तु’ को रूपमा परिभाषा गर्दै हालैको बजेटमा अत्यधिक कर लगाएको भन्दै देशभर विरोध चर्किएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको संयुक्त नेतृत्वमा सुरु भएको आन्दोलनले व्यापक राष्ट्रिय रूप लिइरहेको छ।
       यसै सन्दर्भमा गुल्मी जिल्लामा पनि सुनचाँदी व्यवसायी, कालिगढ, साना उद्यमी, व्यवसायी संघ–संस्थाहरू एकजुट भई आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्।  उनिहरुले पसल नै बन्द गरेर  आन्दोलन गरिरहेका छन् । 
    सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट भाषणमार्फत सुनचाँदी गरगहनामा २ प्रतिशत विलासिता कर र हिरा–जवाहरात जडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय गरेपछि यो व्यवसायसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपले जोडिएका लाखौं नागरिकको भविष्य संकटमा परेको व्यवसायीहरूको गुनासो छ।
    गुल्मी सुनचाँदी व्यवसायी संघ अध्यक्ष झबिन्द्र सुनारका अनुसार, नेपाली समाजमा सुनचाँदी केवल विलासिता नभई परम्परा, विश्वास र आत्मसम्मानको प्रतीक भएको बताए । “सुनचाँदीले हाम्रो संस्कृति बोकेको छ, यसलाई करको भारले थिच्नु परम्परामाथि प्रहार हो,” अध्यक्ष सुनारले भने । 
    नेपालको आर्थिक तथा सामाजिक संरचनामा सुनचाँदीको विशिष्ट स्थान छ। अधिकांश नेपालीहरू कृषि तथा साना व्यवसायबाट प्राप्त सानो आम्दानी बचत गरी गरगहना खरिद गर्छन्, जसलाई धेरैले आपत्‌कालीन नगद सम्पत्तिको रूपमा समेत लिने जारी बिज्ञप्तिमा उल्लेख छ । 
     यस्तो वस्तुलाई विलासिता भनिँदा निम्न तथा मध्यम वर्ग प्रत्यक्ष मारमा परेको सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आकासिएसँगै नेपाली बजारमा सुन खरिद गर्ने आम नागरिकको क्षमता कमजोर भएको छ। 
    व्यवसायीहरूका अनुसार बजारमा ८० प्रतिशतसम्म कारोबार घटिसकेको अवस्था छ। यस्तो बेलामा राज्यको कर वृद्धिले व्यवसायलाई धराशायी बनाउने खतरा थपिएको सुनचाँदी व्यवसायीको भनाइ छ । 
    गुल्मी उद्योग वाणिज्य संघ, गुल्मी चेम्बर अफ कमर्स, विभिन्न व्यवसायिक संघ-संस्था तथा कालिगढहरूको सहभागितामा गरिएको विरोध कार्यक्रममा सरकारले लादेको अव्यवहारिक कर नीतिको तत्काल खारेजीको माग गरेेका छन् । 
    महासंघले माग सम्बोधन नभए चरणबद्ध रूपमा थप कडा आन्दोलनका कार्यक्रम देशव्यापी रूपमा सञ्चालन गरिने चेतावनी पनि दिएको छ।

    Advertisement

    सोमबार, असार १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान
    थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए
    थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन
    उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान
    दाङमा पेस्तोलसहित एक युवक पक्राउ
    गुल्मीमा दुई स्थानमा सडक पूर्ण रुपमा अवरुद्ध 

    लोकप्रिय

    • १.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • २.
      नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे

    • ३.
      परदेशिएको श्रीमान्, घर फर्कँदा श्रीमतीको धोका :

    • ४.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    • ५.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख

    • ६.
      गुल्मी घोषणा भयो पूर्ण खोप सुनिश्चितता जिल्ला

    भर्खरै

    • १.
      देउडा गीत ‘लाली पाउडर लाया जसी’ सार्वजनिक

    • २.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा अपरेशन थिएटर भवन उद्घाटन

    • ५.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    • ७.
      गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

    • ८.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation