अर्घाखाँची। जिल्लाको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले आफ्नै भाइको हत्या गरेका छन्। ४२ वर्षीय विष्णुबहादुर बादीले ३२ वर्षीय भाइ बमबहादुर बादीमाथि बञ्चरो प्रहार गरेका हुन्।
प्रहरीका अनुसार बिहीबार साँझ करिब ६:४० बजे घरमै दाजु-भाइबीच विवाद हुँदा विष्णुले बञ्चरो प्रहार गरेका थिए। गम्भीर घाइते भएका बमबहादुरको घटनास्थलमै मृत्यु भएको हो।
हत्या गरेर फरार रहेका विष्णुलाई जंगल हुँदै भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement