प्युठान। “स्वस्थ, सभ्य, सुरक्षित समाजको प्रतिवद्धता – लागुऔषध विरुद्ध एक्काबद्धता” भन्ने नारासहित प्युठानमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) प्रभातफेरीसहित मनाइएको छ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा र जिल्ला प्रहरी कार्यालयको समन्वयमा महेन्द्र मावि, खलंगाबाट सुरु भएको प्रभातफेरी खलंगा बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयमा सभामा परिणत भएको थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख धरमबहादुर जि.सी.को प्रमुख आतिथ्यता थियो। सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, प्रहरी प्रमुख दिपेश बस्याल, सशस्त्र प्रहरी गुल्मपति रोहितबहादुर घिमिरे, निजामति कर्मचारी, सुरक्षा निकाय, शिक्षक र विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति थियो।
सप्ताहव्यापी रुपमा सञ्चालित जनचेतनामूलक कार्यक्रमको आज प्रभातफेरीसहित औपचारिक समापन गरिएको हो।
प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी
प्युठानमा लागुऔषधविरुद्ध प्रभातफेरी

Advertisement
तपाईको प्रतिक्रिया