प्यूठान — गौमुखी गाउँपालिका–४, पुजामा जन्मिएर हाल संयुक्त अधिराज्यमा बस्दै आएका गौतम न्यौपानेले विद्यावारिधि (पीएचडी) उपाधि प्राप्त गरेको अवसरमा महेन्द्र मावि, पुजाका आर्थिक रूपमा कमजोर १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन्।
डा. पल डेविस उत्कृष्टता छात्रवृत्ति अन्तर्गत जनही ५ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो। सामुदायिक विकास मञ्चको आयोजनामा सम्पन्न कार्यक्रममा गरिब, जेहेन्दार, विपन्न, अशक्त र अशहाय विद्यार्थीलाई लक्षित गरिएको मञ्चले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष धनिराम सुनार प्रमुख अतिथि थिए। मञ्चका उपाध्यक्ष अशिम न्यौपाने, संस्थापक अध्यक्ष रवी चन्द, विद्यालयका प्रधानाध्यापक बोमबहादुर केसीलगायतको उपस्थिति थियो। कार्यक्रम मञ्चका सचिव कवि केसीले सञ्चालन गरेका थिए।
न्यौपानेले आफैं अध्ययन गरेको विद्यालयका आर्थिक रूपमा कमजोर विद्यार्थीलाई विगतदेखि नै छात्रवृत्तिसहित विभिन्न माध्यमबाट सहयोग गर्दै आएका छन्। आयोजकले छात्रवृत्तिले विद्यार्थीलाई पढाइमा थप हौसला मिल्ने विश्वास व्यक्त गरेको छ।
प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई छात्रवृत्ति
प्यूठानका न्यौपानेले पीएचडी उपलक्ष्यमा दिए १० विद्यार्थीलाई छात्रवृत्ति

Advertisement
तपाईको प्रतिक्रिया