कपिलवस्तु — नेपाली कांग्रेस कपिलवस्तुले लुम्बिनी प्रदेश सरकारमा सहभागी आफ्नै पार्टीका मन्त्रीहरूलाई जिल्लामा बहिष्कार गर्ने निर्णय गरेको छ।
कांग्रेस कपिलवस्तुले प्रदेश सरकारले विनियोजन गरेको बजेटप्रति असन्तुष्टि जनाउँदै पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूलाई जिल्लाभित्र कुनै पनि सार्वजनिक तथा पार्टीका कार्यक्रममा सहभागी नगराउने निर्णय गरेको हो।
जिल्ला सभापति अब्दुल कलामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘कपिलवस्तु जिल्लाको समग्र विकास योजना बेवास्ता गरिएको र पार्टीको निर्णय नमानी मन्त्रीहरूले मनमानी गरेको भन्दै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका सम्पूर्ण मन्त्रीहरू बहिष्कृत हुनेछन्।’’
लुम्बिनी प्रदेश सरकारले असार १ गते प्रदेश सभामा आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको वार्षिक कार्यक्रम र बजेटले कांग्रेस कपिलवस्तुको गम्भीर ध्यानाकर्षण गराएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार
कांग्रेस कपिलवस्तुद्वारा लुम्बिनीका आफ्नै मन्त्रीहरू बहिष्कार

Advertisement
तपाईको प्रतिक्रिया