प्युठान । ६ महिनादेखि बेपत्ता रहेका प्युठान नगरपालिका–८ का प्रेम रुचाल मृत अवस्थामा फेला परेका छन् ।
उनको शव शनिबार प्युठान नगरपालिका–६ को लम्छ्याङ्ग खर्क धनचौर सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ । रुचाल २०८१ पुस १५ गतेदेखि बेपत्ता थिए ।
शव जिल्ला अस्पताल प्युठानको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Advertisement