प्युठान — जिल्लामा विद्युत आपूर्ति अनियमित बनेपछि राष्ट्रिय युवा संघ नेपाल प्युठानले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रलाई ध्यानाकर्षण गराएको छ। बुधबार संघका अध्यक्ष महेश पाण्डेको नेतृत्वमा गएको टोलीले वितरण केन्द्र प्रमुख महेन्द्रकुमार दासलाई ध्यानाकर्षणपत्र बुझाएको हो।
झिमरुक खोला जलविद्युत आयोजनाबाट १२ मेगावाट विद्युत उत्पादन भइरहे पनि जिल्लावासीले नियमित र गुणस्तरीय सेवा पाउन नसकेको युवा संघको गुनासो छ। आयोजनाको स्थापना प्यूठानबासीले गास काटेर गरेको भन्दै संघले विद्युत सेवा सुधार्न आग्रह गरेको छ।
ध्यानाकर्षणपत्रमा अनियमित विद्युत आपूर्तिका कारण उपभोक्ताले भारी समस्या भोग्नु परेको र विद्युतीय सामग्रीमा समेत क्षति पुगेको उल्लेख गरिएको छ। संघले सो क्षतिको क्षतिपूर्ति दिलाउन समेत माग गरेको छ।
युवा संघले विद्युत सेवा नियमित र गुणस्तरीय बनाउन, सेवा अवरुद्ध हुनु परे पूर्व सूचना दिन र उपभोक्तालाई परेको क्षतिको भरपाई गर्न प्राधिकरणसँग माग राखेको छ। माग पुरा नभए थप आन्दोलन गर्ने चेतावनी संघले दिएको छ।
ध्यानाकर्षण पत्र
प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण
प्युठानमा विद्युत सेवा अनियमित, उपभोक्ता हैरान : युवा संघको ध्यानाकर्षण

Advertisement
तपाईको प्रतिक्रिया