प्युठान — प्रहरी कर्मचारीलाई सेवा सुविधा, प्राथमिक उपचार र साइबर सुरक्षाबारे भर्चुअल तालिम दिइएको छ। तालिममा प्रहरी कल्याण कोष, नागरिक लगानी कोष, सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक, प्रहरी अस्पताल लगायतका निकायबाट पाउने ऋण, सापटी, उपचारलगायत सुविधा सम्बन्धी जानकारी दिइएको हो। प्रहरी निरीक्षक निरञ्जन रिजाल र प्रहरी नायब निरिक्षक दिलिप कुमार चौधरी थारुले तालिम सञ्चालन गरेका थिए। तालिममा सैद्धान्तिक र व्यवहारिक अभ्याससमेत गराइएको प्रहरी कार्यालयले जनाएको छ।
Advertisement