पाल्पा, रामपुर । निस्दी गाउँपालिका–१, बाकामलाङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत पाल्पा–नवलपुर सिमाना भोटाहामा चौकी सञ्चालनमा आएको हो ।
शान्ति सुरक्षा, सवारी दुर्घटना न्यूनीकरण र अवैध गतिविधि नियन्त्रणका लागि चौकी स्थापना गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले बताए । जिल्ला प्रहरी प्रमुख पवनकुमार भट्टराईका अनुसार प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी परिचालन हुनेछन् ।
निस्दी गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले वर्षौंदेखिको स्थानीयको माग पूरा भएको बताए । गाउँपालिकाले चौकी सञ्चालनका लागि भाडाको घर, मोटरसाइकल लगायतको सहयोग गरेको जनाएको छ। पाल्पामा हाल १९ स्थायी र ६ अस्थायी प्रहरी चौकी छन् ।
Advertisement