प्युठान। प्युठान नगरपालिका–७, गाँजुरीस्थित सहिद स्मृति पार्कमा करेन्ट लागेर एक हेरालुको ज्यान गएको छ।
मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय चित्रबहादुर के.सी. रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता, प्रहरी निरीक्षक केशब केसीले जानकारी दिनुभयो। वाटर फाउन्टेनको मर्मतका क्रममा मंगलवार साँझ करेन्ट लागेर उहा गम्भीर घाइते हुनुभएको थियो। तत्कालै उपचारका लागि प्युठान अस्पताल लगिए पनि चिकित्सकले उहालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
पार्कको निर्माण तथा मर्मत कार्यमा संलग्न के.सी.को घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement