• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

काङ्ग्रेस प्यूठानको पार्टी कार्यालय भवनका लागि जग्गा खरिद

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • रङ्गेली (मोरङ): खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ ।
    आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले तीनै तहका सरकारसँग समन्वय गरेर आफ्नो दायित्वलाई जिम्मेवारपूर्वक ढङ्गले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
    उहाँले भन्नुभयो, “हामी नागरिकको सेवामा सर्मपित छौँ । हाम्रो नेतृत्व केवल सत्ताको कुर्सी मात्र होईन, नागरिकसँगको ईमानदार सम्बन्ध पनि हो । रङ्गेलीको माटोले विकासको सशक्त चाहना राखेको छ । यो आयोजनाको शिलान्यास त्यसै चाहना र सम्भावनाको मूर्त रूप हो ।”
    यसैगरी उहाँले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको सामाजिक न्यायको मार्गदर्शनमा आज रङ्गेली दोस्रो खानेपानी आयोजना मार्फत एउटा नयाँ युगको सुरुवातको ढोका खोलिएको बताउनुभयो ।
    समावेशी विकास र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यप्रति प्रतिबद्ध रही, देशैभर खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा तीव्रता दिई सरकारको ‘एक घर, एक धारा’ भन्ने लक्ष्यलाई अब सम्भावनाबाट यथार्थतर्फ डोर्‍याउन थालेको समेत मन्त्री यादवले जिकिर गर्नुभयो ।
    उहाँले भन्नुभयो, “हामी नेपाली जनताका सेवक हौँ । जनताको खुशी नै सरकारको खुशी हो । नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्ण प्रतिबद्ध रहेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकासको काम हामीले गरेर देखाउँदैछौँ ।”
    सन् २०३० सम्म सबै नेपाली नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने दिगो विकास लक्ष्य प्राप्तिका दिशामा सरकारले आफ्ना काम र योजनालाई अघि बढाईरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
    खानेपानीको समस्याका कारण रङ्गेलीका हजारौँ नागरिकहरूले दैनिक पानीको अभाव झेल्नु परिरहेको तथा उनीहरुका स्वास्थ्य, शिक्षा, र आर्थिक गतिविधिहरूमा समेत बाधा पुर्‍याएकाले रङ्गेली दोस्रो खानेपानी आयोजना सम्पन्न भएपश्चात यहाँका नागरिकका खानेपानी लगायतका अन्य समस्या सबै समाधान हुने मन्त्री यादवले बिश्वास व्यक्त गर्नुभयो ।
    उक्त महत्वपूर्ण आयोजना सम्पन्न भएपश्चात रङ्गेली नगरपालिकाको वडा नं. २ (लक्ष्मीपुर, दौलतपुर) र वडा नं. ९ (दोभाना बजार र फर्साडाँगी) का कुल तीन हजार १६९ घरधुरीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “यस खानेपानी योजनालाई गुणस्तर, समयसीमा र पारदर्शिताको मापदण्ड अनुसार प्रविधि मैत्री तरिकाले निर्माण कार्य अघि बढाइनेछ । निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही हुनेछैन र आवश्यक प्राविधिक अनुगमन निरन्तर गरिनेछ ।”
    उक्त आयोजनाबाट यहाँका महिला र बालबालिकाहरूलाई पानीको लागि लामो दूरी तय गर्ने बाध्यतालाई समाप्त गर्ने र सामुदायिक स्वास्थ्यमा सुधार ल्याएर पानीजन्य रोगको जोखिम न्युनिकरण गर्ने अपेक्षा लिईएको छ ।
    रङ्गेली दोस्रो खानेपानी आयोजनाको सफल कार्यान्वयन पश्चात, रङ्गेली नगर भविष्यमा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर एक विकसित नगरका रूपमा परिचित हुने अपेक्षा गरिएको रङगेली नगरप्रमुख दीलिपकुमार अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय पानीको पहुँचले नागरिकहरूको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनेछ । दीर्घकालमा उपचार तथा औषधोपचारमा लाग्ने खर्चमा उल्लेखनीय कमी आउने हामीले बिश्वास लिएका छौँ ।”
    आजको उक्त कार्यक्रममा रङगेली नगरपालिकाका उपप्रमुख भुमाकुमारी पराजुली, आयोजना प्रमुख सुरतलाल चौधरी, जग्गा दाता जनप्रिय मावि, तारा पोखरेल, जोसेफ सोरेन (वडा नं २), चिरन्जीवि काफ्ले वडा नं. ९ लगायतका विभिन्न पार्टीका नेता एवं स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती
    सरकारी मञ्चबाटै पार्टी प्रचारमा मन्त्री घिसिङ
    एमालेमा ओलीको विकल्प खोज्ने कुरा हुँदैनः सूर्य थापा

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    भर्खरै

    • १.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ३.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ४.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ५.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ६.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ७.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    • ८.
      स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...