• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ३. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ६. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव


  •   सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
  • रङ्गेली (मोरङ): खानेपानीमन्त्री प्रदीप यादवले नेतृत्व केवल सत्ताको कुर्सी मात्र नभई नागरिकसँगको ईमानदार सम्बन्ध पनि भएकाले जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकास आफुले गर्दै आएको बताउनु भएको छ ।
    आज मोरङ जिल्लामा रहेको रङ्गेली दोस्रो खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सीमित स्रोत र साधनकाबीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले तीनै तहका सरकारसँग समन्वय गरेर आफ्नो दायित्वलाई जिम्मेवारपूर्वक ढङ्गले निर्वाह गर्नुपर्ने बताउनुभयो ।
    उहाँले भन्नुभयो, “हामी नागरिकको सेवामा सर्मपित छौँ । हाम्रो नेतृत्व केवल सत्ताको कुर्सी मात्र होईन, नागरिकसँगको ईमानदार सम्बन्ध पनि हो । रङ्गेलीको माटोले विकासको सशक्त चाहना राखेको छ । यो आयोजनाको शिलान्यास त्यसै चाहना र सम्भावनाको मूर्त रूप हो ।”
    यसैगरी उहाँले समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले लिएको सामाजिक न्यायको मार्गदर्शनमा आज रङ्गेली दोस्रो खानेपानी आयोजना मार्फत एउटा नयाँ युगको सुरुवातको ढोका खोलिएको बताउनुभयो ।
    समावेशी विकास र नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्ने राष्ट्रिय लक्ष्यप्रति प्रतिबद्ध रही, देशैभर खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा तीव्रता दिई सरकारको ‘एक घर, एक धारा’ भन्ने लक्ष्यलाई अब सम्भावनाबाट यथार्थतर्फ डोर्‍याउन थालेको समेत मन्त्री यादवले जिकिर गर्नुभयो ।
    उहाँले भन्नुभयो, “हामी नेपाली जनताका सेवक हौँ । जनताको खुशी नै सरकारको खुशी हो । नागरिकको आधारभूत अधिकार सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको यो सरकार पूर्ण प्रतिबद्ध रहेको छ । जनताले प्रत्यक्ष अनुभूति गर्ने खालको विकासको काम हामीले गरेर देखाउँदैछौँ ।”
    सन् २०३० सम्म सबै नेपाली नागरिकलाई सुरक्षित खानेपानी र सरसफाइ सेवा उपलब्ध गराउने दिगो विकास लक्ष्य प्राप्तिका दिशामा सरकारले आफ्ना काम र योजनालाई अघि बढाईरहेको समेत उहाँले जानकारी गराउनुभयो ।
    खानेपानीको समस्याका कारण रङ्गेलीका हजारौँ नागरिकहरूले दैनिक पानीको अभाव झेल्नु परिरहेको तथा उनीहरुका स्वास्थ्य, शिक्षा, र आर्थिक गतिविधिहरूमा समेत बाधा पुर्‍याएकाले रङ्गेली दोस्रो खानेपानी आयोजना सम्पन्न भएपश्चात यहाँका नागरिकका खानेपानी लगायतका अन्य समस्या सबै समाधान हुने मन्त्री यादवले बिश्वास व्यक्त गर्नुभयो ।
    उक्त महत्वपूर्ण आयोजना सम्पन्न भएपश्चात रङ्गेली नगरपालिकाको वडा नं. २ (लक्ष्मीपुर, दौलतपुर) र वडा नं. ९ (दोभाना बजार र फर्साडाँगी) का कुल तीन हजार १६९ घरधुरीका नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
    उहाँले भन्नुभयो, “यस खानेपानी योजनालाई गुणस्तर, समयसीमा र पारदर्शिताको मापदण्ड अनुसार प्रविधि मैत्री तरिकाले निर्माण कार्य अघि बढाइनेछ । निर्माण कार्यमा कुनै पनि प्रकारको लापरवाही हुनेछैन र आवश्यक प्राविधिक अनुगमन निरन्तर गरिनेछ ।”
    उक्त आयोजनाबाट यहाँका महिला र बालबालिकाहरूलाई पानीको लागि लामो दूरी तय गर्ने बाध्यतालाई समाप्त गर्ने र सामुदायिक स्वास्थ्यमा सुधार ल्याएर पानीजन्य रोगको जोखिम न्युनिकरण गर्ने अपेक्षा लिईएको छ ।
    रङ्गेली दोस्रो खानेपानी आयोजनाको सफल कार्यान्वयन पश्चात, रङ्गेली नगर भविष्यमा स्वच्छ र सुरक्षित खानेपानीमा आत्मनिर्भर एक विकसित नगरका रूपमा परिचित हुने अपेक्षा गरिएको रङगेली नगरप्रमुख दीलिपकुमार अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, “गुणस्तरीय पानीको पहुँचले नागरिकहरूको स्वास्थ्यमा सकारात्मक सुधार ल्याउनेछ । दीर्घकालमा उपचार तथा औषधोपचारमा लाग्ने खर्चमा उल्लेखनीय कमी आउने हामीले बिश्वास लिएका छौँ ।”
    आजको उक्त कार्यक्रममा रङगेली नगरपालिकाका उपप्रमुख भुमाकुमारी पराजुली, आयोजना प्रमुख सुरतलाल चौधरी, जग्गा दाता जनप्रिय मावि, तारा पोखरेल, जोसेफ सोरेन (वडा नं २), चिरन्जीवि काफ्ले वडा नं. ९ लगायतका विभिन्न पार्टीका नेता एवं स्थानीयवासीहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध
    झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’
    कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू
    स्थानीय निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ३.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ६.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...