दाङ । लुम्बिनी प्रदेश सरकारले मातृ तथा बाल मृत्युदर घटाउने र कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारमा सक्रिय रूपले परिचालन गर्ने रणनीति बनाउने भएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेश प्रतिनिधिसँगको भेटमा स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउँदै पोषणसम्बन्धी कार्यक्रमहरूमा पनि उनीहरूको सहभागिता सुनिश्चित गरिने जानकारी दिनुभयो। प्रदेशमा मातृ मृत्यु, शिशु मृत्यु र कुपोषणको समस्या बढ्दै गएपछि सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई अझ प्रभावकारी बनाउने तयारी गरेको हो।
भेटमा संघले ७ बुँदे ज्ञापनपत्र बुझाउँदै प्रोत्साहन भत्ता वृद्धि, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोषमा समावेश, सेवा निवृत्तपछि एकमुष्ट रकमको व्यवस्था, तालिम र गोष्ठीको माग राखेको थियो।
मुख्यमन्त्री आचार्यले तिनै मागका आधारमा नीति निर्माणका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ। हाल लुम्बिनी प्रदेशमा ८ हजार ९ सय ७ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने
लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

Advertisement
तपाईको प्रतिक्रिया