प्युठान। प्युठानको मल्लरानी गाउँपालिका–३ चौरपानीस्थित एक पसलमा चोरी घटनामा संलग्न दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ।
यहि वैशाख ७ गते राम प्रसाद पौडेलको पसलमा ढोका र ताला फोडी करिब २ लाख ४० हजार रुपैयाँ नगद र १ लाख बराबरको सामान चोरी भएको थियो। चोरीको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको विशेष टोलीले अनुसन्धान सुरु गरेको थियो। प्रहरीले वैशाख ११ गते १८ वर्षीय युवराज घर्ति मगर र १७ वर्षीय एक किशोर (परिवर्तित नाम तिलपाटा) लाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूले आफ्नै घर तथा विभिन्न स्थानमा लुकाइछिपाई राखेको नगद ५५ हजार ५० रुपैयाँ र चोरी गरिएका सामग्रीहरू प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई सम्माननीय प्युठान जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी केशव केसीले जानकारी दिए।
प्युठानमा पसल चोरीमा संलग्न दुई किशोर पक्राउ
प्युठानमा पसल चोरीमा संलग्न दुई किशोर पक्राउ

Advertisement
तपाईको प्रतिक्रिया