काठमाडौं – कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवाले एकजुट भएर अगाडि बढ्नुपर्ने बताएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा भृकुटीमण्डपमा नेकपा (एमाले)द्वारा आयोजित ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै थारुले गणतन्त्रले सबै वर्ग, क्षेत्र र समुदायको सहभागिता सुनिश्चित गरेको दाबी गरिन्। “विकास देख्न नसक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्,” भन्दै उनले त्यस्ता शक्तिविरुद्ध युवा शक्ति अग्रसर हुनुपर्ने आवश्यकता औंल्याइन्।
गणतान्त्रिक व्यवस्थाले समतामूलक समाज निर्माणमा योगदान पुर्याएको उल्लेख गर्दै उनले संघर्षबाट आएको यो व्यवस्थाको रक्षा सम्पूर्ण युवाको कर्तव्य भएको धारणा राखिन्।
Advertisement