दाङ — तुलसीपुर उपमहानगरपालिका मोतीपुरका नारायण आचार्यले घरमै आफूलाई गोली हानेर मृत्यु गरेका छन्।
लाइसेंस प्राप्त बन्दुक प्रयोग गरी उनले आफैंमाथि गोली चलाएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एसएसपी जनार्दन जीसीले पुष्टि गरेका छन्।
गोली लागेर घटनास्थलमै आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। रेडक्रस दाङका पूर्वअध्यक्ष रहेका आचार्यले किन यस्तो कदम चाले भन्ने खुल्न सकेको छैन।
गोली चलेको जानकारी दिउँसो साढे ३ बजे प्राप्त भएलगत्तै डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या जस्तो देखिए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Advertisement