धरान — धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले भरतपुर महानगर प्रमुख रेणु दाहालप्रति तीव्र कटाक्ष गरेका छन्। रेणु दाहालले “ठूला योजना ल्याउनु पर्थ्यो” भनेको भनाइप्रति प्रतिक्रिया दिँदै साम्पाङले सत्ता हुँदा पनि विभेद गरिएको आरोप लगाए।
“रेणुजी, तपाईंका बुबा प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन २० लाख मात्र छुट्याइयो,” भन्दै साम्पाङले भने, “बाउ पनि ठिक छैन, पार्टी पनि ठिक छैन।”
उहाँले धरानमा मागिएको एयरपोर्टको विषयमा पनि व्यंग्य गर्दै भने, “एयरपोर्ट माग्दा तपाईंकै पार्टीका सुदन किराँती मन्त्री र बुबा प्रधानमन्त्री हुनुहुन्थ्यो, धरानमा किन चाहियो भनेर उल्टै प्रश्न गरियो।”
साम्पाङले पार्टीहरूलाई श्रमिकमाथि विभेद गर्ने र पूँजीपतिहरूको पक्षपोषण गर्ने आरोप लगाउँदै भने, “तपाईंहरूको पार्टी अब सामन्त, दलाल र पूँजीपतिहरुको पार्टी बनिसकेको छ।”
काठमाडौँका मेयर बालेन साहप्रति पनि टिप्पणी गर्दै साम्पाङले भने, “२६ अर्ब बजेट पाएको काठमाडौँ महानगरले २०% पनि खर्च गर्न सकेको छैन।”
“भिजन भनेको विदेशी ऋण लिएर ठूलो गाडी हाँक्नु होइन, स्वदेशी उत्पादनमा जोड दिनु हो,” भन्दै साम्पाङले आफू २०८४ को चुनावमा ती ठाउँहरूमा प्रत्यक्ष जाने संकेत पनि गरेका छन्।
रेणु दाहाललाई हर्क साम्पाङको कटाक्ष:” तपाईको बाउ र पार्टी दुवै ठिक छैन!”
रेणु दाहाललाई हर्क साम्पाङको कटाक्ष:” तपाईको बाउ र पार्टी दुवै ठिक छैन!”

Advertisement
तपाईको प्रतिक्रिया