रुपन्देही। नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) को अध्यक्षमा लक्की चौधरी निर्विरोध निर्वाचित भएका छन्। संघको लुम्बिनीमा सम्पन्न संघीय अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।
अध्यक्षसहित केही पदाधिकारीहरू निर्विरोध निर्वाचित भए पनि केही पद र खुला केन्द्रीय सदस्यतर्फ भने मतदान भएको थियो।
वरिष्ठ उपाध्यक्षमा सरु राना, महिला उपाध्यक्षमा अन्जना सिल्पकार, महासचिवमा समिर बलामी, र अल्पसंख्यक सचिवमा लिला दरई निर्विरोध चयन भएका छन्।
निर्वाचन प्रक्रियाबाट खुला उपाध्यक्षमा विश्वराज तामाङ, कोषाध्यक्षमा अर्जुन तामाङ चयन भएका छन्। सचिव पदमा मिलन गाहा, एमबी मगर, सन्दिप श्रेष्ठ र महिला सचिवमा माया पालुङ निर्वाचित भएका छन्। सचिव पदमा आठ जनाबीच प्रतिस्पर्धा भएको थियो।
नव निर्वाचित सचिव मिलन गाहाका अनुसार १५ जना पदाधिकारीसहित कुल ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।
फोनिजको अध्यक्षमा लक्की चौधरी निर्विरोध
फोनिजको अध्यक्षमा लक्की चौधरी निर्विरोध
Advertisement
तपाईको प्रतिक्रिया