काठमाडौं । नेकपा (एमाले) का पोलिट्ब्यूरो सदस्य एवम् प्रतिनिधिसभा सांसद सूर्य थापालाई धम्की दिने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले रुपन्देही सैनामैना नगरपालिका ११ का २९ वर्षीय प्रदीप पन्तलाई पक्राउ गरेको हो । उनले थापालाई ‘लाइफ अन थ्रेट क्यान्सिल रूपन्देही’ भन्दै मध्यरातमा धम्कीपूर्ण एसएमएस पठाएका थिए ।
पन्तले पठाएको एसएमएस-
उनी राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता रहेको खुलेको छ । उनी आज रास्वपाका नेता गणेश पौडेलसँग पोखरा जाने तय भएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै उनी लौरो अभियानमा पनि सक्रिय रहेको पाइएको हो ।
उनले थापालाई एसएमएस पठाएपछि कुनै रेस्पोन्स नआएपछि त्यही एसएमएस प्रधानमन्त्रीको सचिवालयलाई पनि पठाइएको पाइएको छ। उनले प्रधानमन्त्रीसँग भेट्ने इच्छा भएको र मनमा आध्यात्मिक तवरले सृजना भई लेखेको बयान प्रहरीलाई दिएका छन् ।
यस्तो छ, उनको परिचय –