रूपन्देही — रूपन्देहीमा सोमबार साँझ भएको पिकअप भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।
लुम्बिनी सांस्कृतिक नगरपालिका–७, भरवलिया गाउँको शिवगढिया मोडमा तीव्र गतिमा गुडिरहेको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। लु. १ च २७६३ नम्बरको उक्त पिकअप भ्यानमा सवार गैँडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केयर अस्पतालमा र बाँकी १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, रानीगाउँमा उपचार भइरहेको छ।
दुर्घटनामा परेको भ्यानमा २४ जना यात्रु सवार थिए। ती सबै जना लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कने क्रममा थिए। घटनापछि पिकअपका चालक, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–४ बिठुवाका २६ वर्षीय अशोक पासीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार सामान बोक्न प्रयोग गरिने उक्त पिकअपमा क्षमताभन्दा धेरै यात्रु सवार हुँदा भारवहन क्षमतामा असर परेर दुर्घटना भएको हो।
रूपन्देहीमा भ्यान दुर्घटना: दुईको मृत्यु, २२ घाइते
रूपन्देहीमा भ्यान दुर्घटना: दुईको मृत्यु, २२ घाइते

Advertisement
तपाईको प्रतिक्रिया