सल्यान। छिन्चु–जाजरकोट सडक खण्डअन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१ बाङगिरामा गाडीको ढोकाबाट खसेर एक यात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्खेतको सिम्ता गाउँपालिका–५ निवासी २८ वर्षीय गणेश बुढा रहेका छन्। बिहीबार साँझ करिब ६ बजे कर्णाली प्रदेश ०२००१ ख ०७९० नम्बरको फोर्स गाडीको ढोकामा झुन्डिएर यात्रा गरिरहेका उनी अचानक लडेर गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा उपचारका लागि सुर्खेतस्थित मेहलकुना अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए। प्रहरीका अनुसार उक्त गाडी बाँकेको नेपालगन्जबाट सुर्खेतको गोजीबजारतर्फ गइरहेको थियो। गाडीका चालक जिवराज गिरी (४३), जो मृतककै स्थायी ठेगाना सिम्ता गाउँपालिका–५ का हुन्, हाल इलाका प्रहरी कार्यालय देवस्थलको नियन्त्रणमा रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सल्यानमा गाडीको ढोकाबाट खसेर एक यात्रुको मृत्यु
सल्यानमा गाडीको ढोकाबाट खसेर एक यात्रुको मृत्यु

Advertisement
तपाईको प्रतिक्रिया