प्यूठान – गौमुखी गाउँपालिकामा कक्षा ५ र ८ को वार्षिक परीक्षा नतिजामा अनियमितता भएको आरोप लगाउँदै प्रमुख राजनीतिक दलहरूले छानबिन र कारबाहीको माग गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष जुमान सिंह जि.सी., नेकपा (माओवादी केन्द्र) का अध्यक्ष रमेश राना र राष्ट्रिय जनमोर्चाका अध्यक्ष जनक के.सी. ले संयुक्त रूपमा गाउँपालिका प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरूले परीक्षा समितिमा संलग्न व्यक्तिहरूलाई जिम्मेवारीबाट हटाई कडा कारबाही गर्न माग गरेका छन्। एमाले अध्यक्ष जि.सी.ले भने, “यो अनियमितताले सम्पूर्ण शिक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। विद्यार्थी र अभिभावकहरूमा असन्तोष बढ्दै गएको छ।”
फेल विद्यार्थीलाई जबर्जस्ती पास?
गौमुखी गाउँपालिका–५ स्थित जनसहयोगी माध्यमिक विद्यालय मा कक्षा ५ का केही फेल भएका विद्यार्थीलाई उत्तीर्ण गरिएको दाबी गरिएको छ। यो घटनाले थप विवाद चुलिएको छ।
नेताहरूले यस्ता अनियमिततालाई रोक्न तत्काल छानबिन समिति गठन गर्न र दोषीमाथि कारबाही गर्न आग्रह गरेका छन्।
गौमुखीको परीक्षा नतिजामा अनियमितता, दोषीमाथि कारबाहीको माग
गौमुखीको परीक्षा नतिजामा अनियमितता, दोषीमाथि कारबाहीको माग

Advertisement
तपाईको प्रतिक्रिया