दाङ। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ। भट्टराई बसेको होटल नजिक पुगेर युवाहरूले उनलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरेका हुन राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्रीको नेतृत्वमा रहेको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको हो। ‘संघीयता खारेज गर, धर्मनिरिपेक्षा खारेज गर, हाम्रो राजा हाम्रो देश प्रणा भन्दा प्यारो छ’लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका व्यक्तिहरूले बोकेको कालो झण्डा प्रहरीले खोसेको छ। भट्टराईकाविरुद्धमा नारासमेत लगाइएको थियो। यता, जिल्ला प्रहरी कार्यालय दाङले कालोझण्डा देखाइएको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। ‘यस बारेमा बुझ्दैछौं। अनुसन्धान जारी छ,’ डिएसपी चक्रबहादुर शाहले भने।
रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज (बिहीबार) विहान घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष समेत रहेका भट्टराईले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको हल नहुनेसमेत दाबी गरेका थिए । नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्ने मुर्खता हुने उनले टिप्पणी गरेका थिए ।
दाङमा बाबुरामलाई देखाइयो कालो झण्डा
दाङमा बाबुरामलाई देखाइयो कालो झण्डा

Advertisement
तपाईको प्रतिक्रिया