(हस्तिचौर) गुल्मी । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर-१ हस्तचौर उजुङ निवासी ५९ वर्षका कुलबहादुर सुनार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जीवी दाहालले बताए ।
सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा थिएनन । उनी शनिबार स्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेको दाहालले बताए ।
मृत फेला परेका सुनारको शव कंकाल मात्रै रहेको छ । उनको उनलेे लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले पहिचान गरिएको डिएसपी दाहालले बताए ।
घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्ड प्रहरी खटिएको छ ।
Advertisement