दाङ। दाङको राप्ती गाउँपालिकाले बधिया भाले पाल्ने कृषकलाई प्रति भाले १०० रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।
गाउँपालिकाले बधिया भाले प्रवर्द्धन कार्यक्रम मार्फत कम्तीमा पाँच वटा भाले पाल्ने कृषकहरूलाई यो अनुदान प्रदान गरिने जनाएको छ। गाउँपालिकाका अनुसार पशु सेवा कार्यक्रम सञ्चालन कार्यविधि अनुसार फार्म दर्ता नभएका कृषकहरूले वडा कार्यालयको सिफारिसपत्र लिए पुग्नेछ।
यो अनुदान योजनाका लागि कृषकहरूले चैत महिनाभित्र निवेदन दिनुपर्ने गाउँपालिकाले जनाएको छ।
Advertisement