प्युठान । सरुमारानी गाउँपालिका-२, रत्नेबाट प्रहरीले बरामद गरेको १७२ किलो ७ ग्राम नक्कली मह नष्ट गरिएको छ।
माघ १४ गते बुटवलबाट रोल्पाको सुलिचौर जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले अखाद्य मह जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको थियो। घरेलु तथा साना उद्योग कार्यालय, प्युठानले परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्ज पठाएको थियो। परीक्षणपछि सरकारले तोकेको मापदण्ड नपुगेको पुष्टि भएपछि घरेलु तथा साना उद्योग कार्यालय, प्युठानले प्रहरी र सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर उक्त मह नष्ट गरेको निमित्त उद्योग अधिकृत मनिबहादुर गुरुङले जानकारी दिए।
प्रहरीका अनुसार बरामद नक्कली महको बजार मूल्य १ लाख ३ हजार ६२० रुपैयाँ रहेको छ।
Advertisement