• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ६. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ७. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

  • १०. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

प्यूठानमा गगन थापाको आमसभामा देउवा पक्ष अनुपस्थित, गुटबन्दी सतहमा


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठानमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा महामन्त्री गगन थापा सहभागी भए पनि देउवा पक्षका जिल्ला नेताहरू अनुपस्थित रहे। संस्थापन समूहका नेताहरूले अघोषित रूपमा कार्यक्रम बहिष्कार गरेको बताइएको छ। उनीहरू कामको बहाना बनाएर जिल्ला बाहिर गएको स्रोतहरूको दाबी छ।
    प्यूठान नगरपालिका-२ बालमन्दिरमा आयोजित पार्टीका महामन्त्री थापा प्रमुख अतिथी रहेको आमसभामा लुम्बिनी प्रदेश सरकारका मन्त्री एवं कांग्रेस प्यूठान क्षेत्रीय सभापति सरोज थापा (रोज राणा), उपसभापति देवेंद्र बर्मा, ईश्वरसिंह बिष्ट, सहसचिव प्रमोद पोख्रेल र कोषाध्यक्ष दीपक केसीसहित बहुमत जिल्ला समिति सहस्य सहभागी भएनन्। यस्तै, पूर्वपार्टी सभापतिहरू सुवास केसी, दिवाकर गौतम, मुक्तिप्रसाद शर्मा, नगर सभापति नेत्र केसी, तरुण दल अध्यक्ष कृष्ण बसेल, तरुण दलका केन्द्रीय सदस्यहरू सनत श्रेष्ठ, सुनिल बस्नेत, मेघराज पुरी, यातायातका अध्यक्ष चन्द्रमान श्रेष्ठ र जनजातिका खगेश्वर थापासहितको ठूलो समूहले आमसभा बहिस्कार गरेर पार्टीको आन्तरिक द्वन्द वा असहमतिलाई प्रकट गरेका छन्। कार्यक्रम बहिष्कार गरेका कांग्रेस कोषाध्यक्ष दीपक केसीले जिल्ला नेतृत्वले गुटबन्दी गरेको आरोप लगाए।
    “पार्टीको क्षेत्रीय सभापति तथा मन्त्रीले उद्घाटन गर्ने कार्यक्रमहरूमा जिल्ला नेतृत्वले बेवास्ता गर्दै आएको छ,” उनले भने, “अरूले गरे गुट, आफैले गरे छुट भन्ने प्रवृत्ति छ।”
    महामन्त्री थापा प्रमुख बक्ता रहेको कार्यक्रममा अनुपस्थित हुनुलाई संयोग नै मानिएको मात्रै छैन की रणनैतिक रहेको जिल्लाको राजनितिक बृतमा चर्चा छ ।

    Advertisement

    गुटबन्दीको निरन्तरता

    यसअघि जिल्लाका पालिकामा भएको पार्टी सम्मेलनमा मन्त्री सरोज थापा सहभागी हुँदा शेखर-गगन पक्षले बहिष्कार गरेको थियो। अहिले संस्थापन पक्षले गगन थापा उपस्थित कार्यक्रममा गरेको बहिष्कार पनि त्यसैको निरन्तरता भएको बताइन्छ।
    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि नेता सरोज थापा र केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल एउटै मञ्चमा देखिएका छैनन्। २०७९ को चुनावअघि टिकट विवादका कारण उनीहरूबीच तिक्तता बढेको थियो। नेता थापाले पोखरेलले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाएपछि दुरी अझै बढेको छ।
    हाल जिल्लामा संस्थापन पक्षको नेतृत्व मन्त्री सरोज थापा गरिरहेका छन् भने इतर समूहको नेतृत्व डा. गोविन्द पोखरेल र प्रदेश सांसद निमा गिरीले गरिरहेका छन्। केन्द्रमा भएको गुट–उपगुट वडासम्म आइपुगेको स्वयं नेताहरु स्वीकार्छन।

    गिलासमा भोट हाल्न लगाएकोमा गगनको माफी

    महामन्त्री गगन थापाले गत संघीय निर्वाचनमा कांग्रेस कार्यकर्तालाई गिलास चुनाव चिह्नमा भोट हाल्न लगाएकोमा माफी मागे। उनले अब यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै तीन वर्ष सरकार स्थिर रहने दाबी गरे। “हाम्रोतर्फबाट बेइमानी हुँदैन, हामी यता-उता जाँदैनौं,” उनले भने, “कांग्रेस सरकार छोड्न तयार छ, तर प्रजातान्त्रिक अधिकारमा सम्झौता गर्दैन।”
    उनले तोकिएको समयमा महाधिवेशन गराउने र गुटबन्दी अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित सभापति बनाउने आवश्यकतामा जोड दिए।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ६.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    भर्खरै

    • १.
      अखिल (क्रान्तिकारी)को प्यूठान जिल्ला इन्चार्जमा सुशीला घर्ती, संयोजकमा केशर सुनार

    • २.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ३.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ४.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ५.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ६.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ७.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ८.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...