• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, पुष ०४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?

लोकप्रिय समाचार

  • १. एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

  • २. राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

  • ३. कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

  • ४. धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

प्यूठानमा गगन थापाको आमसभामा देउवा पक्ष अनुपस्थित, गुटबन्दी सतहमा


  •   सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
  • प्यूठान। प्यूठानमा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा महामन्त्री गगन थापा सहभागी भए पनि देउवा पक्षका जिल्ला नेताहरू अनुपस्थित रहे। संस्थापन समूहका नेताहरूले अघोषित रूपमा कार्यक्रम बहिष्कार गरेको बताइएको छ। उनीहरू कामको बहाना बनाएर जिल्ला बाहिर गएको स्रोतहरूको दाबी छ।
    प्यूठान नगरपालिका-२ बालमन्दिरमा आयोजित पार्टीका महामन्त्री थापा प्रमुख अतिथी रहेको आमसभामा लुम्बिनी प्रदेश सरकारका मन्त्री एवं कांग्रेस प्यूठान क्षेत्रीय सभापति सरोज थापा (रोज राणा), उपसभापति देवेंद्र बर्मा, ईश्वरसिंह बिष्ट, सहसचिव प्रमोद पोख्रेल र कोषाध्यक्ष दीपक केसीसहित बहुमत जिल्ला समिति सहस्य सहभागी भएनन्। यस्तै, पूर्वपार्टी सभापतिहरू सुवास केसी, दिवाकर गौतम, मुक्तिप्रसाद शर्मा, नगर सभापति नेत्र केसी, तरुण दल अध्यक्ष कृष्ण बसेल, तरुण दलका केन्द्रीय सदस्यहरू सनत श्रेष्ठ, सुनिल बस्नेत, मेघराज पुरी, यातायातका अध्यक्ष चन्द्रमान श्रेष्ठ र जनजातिका खगेश्वर थापासहितको ठूलो समूहले आमसभा बहिस्कार गरेर पार्टीको आन्तरिक द्वन्द वा असहमतिलाई प्रकट गरेका छन्। कार्यक्रम बहिष्कार गरेका कांग्रेस कोषाध्यक्ष दीपक केसीले जिल्ला नेतृत्वले गुटबन्दी गरेको आरोप लगाए।
    “पार्टीको क्षेत्रीय सभापति तथा मन्त्रीले उद्घाटन गर्ने कार्यक्रमहरूमा जिल्ला नेतृत्वले बेवास्ता गर्दै आएको छ,” उनले भने, “अरूले गरे गुट, आफैले गरे छुट भन्ने प्रवृत्ति छ।”
    महामन्त्री थापा प्रमुख बक्ता रहेको कार्यक्रममा अनुपस्थित हुनुलाई संयोग नै मानिएको मात्रै छैन की रणनैतिक रहेको जिल्लाको राजनितिक बृतमा चर्चा छ ।

    Advertisement

    गुटबन्दीको निरन्तरता

    यसअघि जिल्लाका पालिकामा भएको पार्टी सम्मेलनमा मन्त्री सरोज थापा सहभागी हुँदा शेखर-गगन पक्षले बहिष्कार गरेको थियो। अहिले संस्थापन पक्षले गगन थापा उपस्थित कार्यक्रममा गरेको बहिष्कार पनि त्यसैको निरन्तरता भएको बताइन्छ।
    नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि नेता सरोज थापा र केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल एउटै मञ्चमा देखिएका छैनन्। २०७९ को चुनावअघि टिकट विवादका कारण उनीहरूबीच तिक्तता बढेको थियो। नेता थापाले पोखरेलले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाएपछि दुरी अझै बढेको छ।
    हाल जिल्लामा संस्थापन पक्षको नेतृत्व मन्त्री सरोज थापा गरिरहेका छन् भने इतर समूहको नेतृत्व डा. गोविन्द पोखरेल र प्रदेश सांसद निमा गिरीले गरिरहेका छन्। केन्द्रमा भएको गुट–उपगुट वडासम्म आइपुगेको स्वयं नेताहरु स्वीकार्छन।

    गिलासमा भोट हाल्न लगाएकोमा गगनको माफी

    महामन्त्री गगन थापाले गत संघीय निर्वाचनमा कांग्रेस कार्यकर्तालाई गिलास चुनाव चिह्नमा भोट हाल्न लगाएकोमा माफी मागे। उनले अब यस्तो गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गर्दै तीन वर्ष सरकार स्थिर रहने दाबी गरे। “हाम्रोतर्फबाट बेइमानी हुँदैन, हामी यता-उता जाँदैनौं,” उनले भने, “कांग्रेस सरकार छोड्न तयार छ, तर प्रजातान्त्रिक अधिकारमा सम्झौता गर्दैन।”
    उनले तोकिएको समयमा महाधिवेशन गराउने र गुटबन्दी अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित सभापति बनाउने आवश्यकतामा जोड दिए।

    सोमबार, फागुन १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र
    पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा
    ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह
    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    एमाले महाधिवेशन : पूर्व प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्याल केन्द्रीय सदस्यमा उम्मेदवार
    ‘अनाडी सरकारले चुनाव गराउन सक्दैन’- ओलीको चुनौती

    लोकप्रिय

    • १.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते

    • २.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच

    • ३.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद

    • ४.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री

    भर्खरै

    • १.
      धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग, मन्त्री घिसिङलाई ध्यानाकर्षण पत्र

    • २.
      कोहलपुरमा ‘शान्तिको खोज’ विमोचन र स्रष्टा संवाद सम्पन्न

    • ३.
      राप्तीका अध्यक्ष विष्ट र एमसिए नेपालका प्रतिनिधिबीच भेट : शहरी मापदण्डअनुसार बाटो विस्तार गर्न आग्रह

    • ४.
      एनपीएल सिजन-२ : कसले के पुरस्कार जिते ?

    • ५.
      पूर्वमन्त्री दल बहादुर राना सक्रिय राजनीतिबाट विश्राममा

    • ६.
      राप्तीको फोहोर व्यवस्थापन केन्द्रमा आगलागी

    • ७.
      ओलीले पार्टीलाई चरीनाङ्गो बनाए:केन्द्रीय सदस्य सिंह

    • ८.
      देवदह नगरपालिकाले इस्मा खुल्ला क्रिकेट उपाधि जित्यो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...