• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ६. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ७. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ८. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ९. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • १०. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

सांसद सूर्य थापाविरुद्ध कांग्रेसको आरोप: कुप्रचार भन्दै थापाको खण्डन


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • प्युठान। नेपाली कांग्रेस प्युठानले प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापाको गतिविधिप्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेपछि सांसद थापाले त्यसको कडा खण्डन गरेका छन्। कांग्रेसका जिल्ला सभापति विष्णु गिरीले जारी गरेको विज्ञप्तिमा सांसद थापाले विपक्षी विचार राख्नेहरूमाथि असहिष्णु व्यवहार देखाएको, कर्मचारीलाई थर्काएको तथा समानुपातिक सांसदहरूलाई उपेक्षा गरेको आरोप लगाइएको छ।
    तर, सांसद सूर्य थापाले कांग्रेसको यो विज्ञप्ति पूर्ण रूपमा भ्रामक, तथ्यहीन र नियोजित रहेको दाबी गरेका छन्। उनले कांग्रेसका केही व्यक्तिहरू योजनाबद्ध रूपमा आफ्नो छवि धमिल्याउने प्रयासमा लागेको आरोप लगाउदै दिउँसै रात पार्ने कोशिस भएको बताएका हुन्। थापाले कांग्रेसकै कार्यकर्तालाई योजनाबद्ध रूपमा आफूविरुद्ध बोल्न लगाइएको प्रमाण स्वरूप एक भिडियो साझा गरेका छन्, जसमा एक महिला आफूलाई जिताएको भए पनि सडक निर्माण नभएको गुनासो गरिरहेकी देखिन्छन्। सांसद थापाले सामाजिक सञ्जालमार्फत कांग्रेसको प्रचारलाई खण्डन गर्दै भने, “नेपाली कांग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन् कि आफ्नै कार्यकर्तालाई उचालेर झूटो प्रचार गरिरहेका छन्। विकास निर्माणलाई व्यवस्थित ढंगले अघि बढाउनु मेरो प्रमुख प्राथमिकता हो।”
    उनले कांग्रेसले समानुपातिक सांसदलाई लिएर गरिरहेको प्रचार वास्तविकतालाई तोडमोड गर्ने प्रयास मात्र भएको बताए। “समानुपातिक सांसदहरूले जिल्लामा के कति काम गरेका छन् भनेर जनताले आफैं मूल्यांकन गर्नेछन्,”उनले थपे।
    सांसद थापाले आफूलाई जिताउने जनताका अपेक्षाहरू पूरा गर्ने प्रतिबद्धता दोहोर्याउँदै कुप्रचारको भर पर्दै विकास निर्माणमा अवरोध खडा गर्न खोज्नेहरू सफल नहुने स्पष्ट पारे। उनले जिल्लामा गरिने हरेक विकास कार्य पारदर्शी रूपमा अघि बढ्ने बताउँदै अनावश्यक भ्रम नफैलाउन आग्रह गरे।कांग्रेस सभापति गिरीले लगाएको ‘जितको उन्माद’को आरोपमा भने थापाले चुनौतीसमेत दिएका छन्।
    ‘पाँचदलीय गठबन्धन बनाएर हराउन खोज्दा नसकेरै मैले जितेको त जिवित तथ्य नै हो, यो कुनै उन्माद होइन। यहाँले दुर्गा पौडेललाई जिताउन सकेजति बल गर्नुभएकै थियो त, सक्नुभएन। अनि किन कुण्ठाग्रस्त?,’थापाले भनेका छन्। कांग्रेस र एमाले दुवै पक्षले आ–आफ्नो तर्क प्रस्तुत गर्दै एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन्। यसले जिल्लाको राजनीतिक माहोल तातेको छ।

    Advertisement

    शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘संविधानले दिएको महिला अधिकार दलहरूले खोसे’ : सभामुख घर्ति
    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation