रोल्पा। रोल्पामा बोलेरो जीप दुर्घटना हुँदा एक जना शिक्षिकाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा गंगादेव गाउँपालिकाको घोरनेटा निवासी २९ वर्षीया सीता खड्का रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख भरत लामाले बताए ।
उनका दुइ छोराहरु ३ वर्षीय सौरभ वली र १८ महिनाका सुप्रिम वली गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिए। लामाका अनुसार्नदुबै बालकलाई दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।
घर्तीगाउँ रोल्पादेखि दाङको घोराहीतर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो जिप त्रिवेणी गाउँपालिका – ७ गाङमा शुक्रबार बेलकी पख दुर्घटनामा परेको थियो । जीपमा चालक, सहचालक, सीता र उनका दुई छोरा गरी पाँच जना थिए । घटनापछि चालक र सहचालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । सीता पेशाले शिक्षिका छिन् । त्रिवेणी गाउँपालिका उपाध्यक्ष लेखमणि डाँगीका अनुसार मृतक शिक्षिका सीता खड्का रुन्टीगढी गाउँपालिकाको एक स्कुलकी प्रावि तहकी स्थायी शिक्षिका थिइन । उनले गर्त वर्ष मात्रै स्थायी शिक्षिका बनेकी थिइन्। विद्यालयको परीक्षाका लागि विज्ञान बिषयको प्रश्न पत्र तयार पार्नका लागि उनी आफ्ना छोराहरुसहित लिवाङ आएकी थिइन्। सीतका श्रीमान पूर्ण वलीपनि शिक्षक हुन्। उनी हालसालै सरुवा भएर गंगादेव गाउँपालिकाको एक विद्यालयमा आएका थिए ।
जिप सडकदेखि झन्डै ५० मिटर तल खसेको डिएसपी लामाले बताए ।चालक र सहचालक फरार रहेको हुँदा उनीहरु नियन्त्रणमा आएपछि मात्रै दुर्घटनाको कारण खुल्ने डिएसपी लामाले बताए ।
जीप दुर्घटनामा आमाको मृत्यु, २ छोरा घाइते
जीप दुर्घटनामा आमाको मृत्यु, २ छोरा घाइते

Advertisement
तपाईको प्रतिक्रिया