• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, जेठ १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनीको नीति तथा कार्यक्रम स्वीकृत

लोकप्रिय समाचार

  • १. नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार करोड रुपैयाँ राज्य कोषमै फिर्ता

  • २. अस्पताल बने, सेवा सुरु भएन

  • ३. भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

  • ४. लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा केन्द्रित हुने

  • ५. ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम गरिन् नयाँ कीर्तिमान

  • ६. सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य

  • ७. प्रधानन्यायाधीश नियुक्तिमा ‘राजनीतिक सेटिङ’ भएको खत्रीको दाबी

  • ८. बाल अस्पतालका लागि मीनबहादुर गुरुङको ७१ करोड सहयोग

  • ९. लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

  • १०. लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

लुम्बिनी र कर्णाली प्रदेशबीच विकास र समृद्धिमा सहकार्य हुने


  •   शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
  • सुर्खेत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दुई प्रदेशकाे विचमा १९ बुदे साझा प्रतिबद्धता गर्नु भएको छ । दुई प्रदेशकाे समृद्धि र विकासकाे साझा सराेकारकाे बिषयलाइ दुबै मुख्यमन्त्रीले साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नु भएको हाे ।
    दुबै प्रदेशकाे आगामी बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा समावेश गर्नेगरी साझा प्रतिबद्धता गरिएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बताउनु भएको छ । कार्यान्वयन गर्नेगरी प्रतिबद्धता गरिएको साझा संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे ।

    Advertisement

    यस्ता छन साझा १९ बुदे साझा प्रतिबद्धता

    १. प्रदेशबाट तर्जुमा हुने र भएका कानूनको सम्बन्धमा पारस्परिक सहयोग, समन्वय र सहकार्य गरी एकरुपता कायम गर्ने ।

    २. प्रदेश कानून बमोजिम लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गर्ने र प्राकृतिक स्रोत साधनबाट सङ्कलन हुने रोयल्टी बाँडफाँटको विषयमा सामञ्जस्यता कायम गर्ने।

    ३. राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना शीघ्र सम्पन्न गर्न दुवै प्रदेश सरकारको तर्फबाट नेपाल सरकार समक्ष समन्वय गर्ने र स्थानीय स्तरका आयोजना सम्बद्ध सवालहरूमा स्थानीय तह समेतको समन्वयमा विवाद समाधानका लागि आवश्यक पहल गर्ने।

    ४. अन्तर प्रदेश आवद्ध भएका देहायका सडक पूर्वाधार निर्माणका लागि आवश्यकता अनुसार नेपाल सरकारसँग समन्वय गरी साझेदारी र सहकार्य गर्नेः-

    (क) जमुनाह-हिल्सा सडक,

    (ख) सुर्खेत-तेलपानी-भुरीगाउँ सडक,

    (ग) राप्ती लोकमार्ग निर्माण,

    (घ) कोहलपुर सुर्खेत सडक विस्तार,

    (ड) कोहलपुर-बबई तथा बबई छिन्चु सुरुङमार्ग सम्भाव्यता अध्ययन।

    ५. लुम्बिनी प्रदेशका विमानस्थलबाट कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान गर्न आवश्यक पहल गर्ने।

    ६. भैरहवा-सुर्खेत हवाई सेवा सञ्चालन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने।

    ७. कोहलपुर सुर्खेत १३२ के.भी.ए. प्रसारण लाइन विस्तारमा देखिएका समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने।

    ८. दुवै प्रदेशको बृहत्तर हित गर्ने सहलगानीमा सञ्चालन हुन सक्ने सम्भावित ठूला आयोजनाको पहिचान गर्ने।

    ९. विपद् व्यवस्थापनका लागि साझेदारी, सहकार्य र समन्वयात्मक ढङ्गबाट कार्य गर्ने।

    १०. लागू औषध ओसारपसार प्रभावकारी रुपमा नियन्त्रण र रोकथामका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने।

    ११.लुम्बिनी प्रदेशमा आउने धार्मिक पर्यटकहरुलाई कर्णालीकाे साहसिक पर्यटकीय गन्तव्यसम्म जाेड्नेगरी एकीकृत पर्यटन मार्ग निर्माण गर्न गुरुयाेजना तयारी र लगानीमा सहकार्य गर्ने ।

    १२. दुबै प्रदेशका पर्यटकीय क्षेत्रलाई जाेडेर संयुक्त पर्यटन प्याकेज निर्माणकाे लागि निजि क्षेत्रसंग समन्वय र सहकार्य गर्ने ।

    १३. दुबै प्रदेशकी सीमानामा रहेका नदीनालाहरूमा जलविद्युत् उत्पादन प्रसारण लाइन विस्तार तथा सिंचाइ संरचना निर्माण गर्दा समन्वय र सहकार्य गर्ने।

    १४. प्रदेशका सीमा क्षेत्र नजिकका सडक, पुल जस्ता पूर्वाधारहरूको निर्माणमा सहलगानी तथा साझेदारी गर्ने।

    १५. बर्दिया जिल्लाको बाँसगढी नगरपालिका, बडा नं. १ र सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका वडा नं. ५ की साँध सिमानाको विवाद प्रचलित कानून र प्रमाणका आधारमा समाधान गर्न नेपाल सरकार समज अनुरोध गर्ने।

    १६. दुबै प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीको यात्रु भाडादर संयुक्त रुपमा निर्धारण गर्ने र सडक यातायात दुर्घटना जोखिम न्यूनीकरणका लागि सवारी गति नियन्त्रण र मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षण लगायतका कार्यक्रम सञ्चालन गर्ने।

    १७. कर्णाली प्रदेशको फलफूल, जडीबुटी, अर्गानिक तरकारी र अन्य उत्पादनलाई सुम्बिनी प्रदेशका मुख्य बजार केन्द्रहरूसम्मको पहुँच एवम् लुम्बिनी प्रदेशको खाद्यान्न लगायतका कृषि उत्पादनको प्रवर्द्धन सदै कर्णाली प्रदेशका बजार केन्द्रहरूसम्मको पहुँच बढाउन तथा बजार पूर्वाधार तयार गर्न समन्वय र सहकार्य गर्ने।

    १८. दुबै प्रदेशको विकास, समृद्धि र सुशासन प्रवर्द्धनको लागि सूचना प्रविधिको माध्यमवाट सेवाप्रवाहलाई प्रभावकारी बनाउन आवश्यक सहयोग, समन्वय र सहकार्य गर्ने।

    १९. दुवै प्रदेशको साझा सहकार्य, समन्वय र साझेदारीलाई प्रवर्द्धन गर्न समन्त्रयात्मक बैठकलाई निरन्तरता दिदै आगामी बैठक लुम्बिनी प्रदेश सरकारले आयोजना गर्ने।

    शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत
    सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु
    भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ
    सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं : मुख्यमन्त्री आचार्य
    एसईई टपर पोखरेललाई रेसुङ्गा माविद्वारा एक लाखसहित सम्मान
    गुल्मीको धुर्कोटसहित चार पालिकामा शून्य बेरुजु

    लोकप्रिय

    • १.
      नेताहरूको वैदेशिक उपचारमा खर्च भएको करिब चार

    • २.
      अस्पताल बने, सेवा सुरु भएन

    • ३.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा

    • ४.
      लुम्बिनीको बजेट : उत्पादन, रोजगारी र पूर्वाधारमा

    • ५.
      ३१ वर्षमै सहसचिव बनेर आरती न्यौपानेले कायम

    • ६.
      सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौं :

    भर्खरै

    • १.
      झिमरुकको ट्रान्सफर्मर बिग्रिँदा प्युठानसहित तीन जिल्लामा विद्युत् अवरुद्ध

    • २.
      सरकारी कुरियर सेवा ६० जिल्लामा विस्तार

    • ३.
      लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

    • ४.
      सुनकोसीमा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

    • ५.
      स्थानीय सरकारको पहलमा मैकोटमा बन्यो बेलीब्रिज

    • ६.
      भारतबाट चोरी गरी नेपाल ल्याइएको दुई करोडभन्दा बढीको धनसम्पत्ति बरामद, तीन पक्राउ

    • ७.
      ७१ करोडको सहयोगमा बनेको किओच बाल अस्पताल भवन डा. भगवान कोइरालालाई हस्तान्तरण

    • ८.
      लुम्बिनी पूर्वाधार प्राधिकरणको प्रमुखमा प्युठानका पोख्रेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation