काठमाडौं । नेकपा (एमाले) ले पार्टीका तीनजना नेताहरूलाई कारबाही गरेको छ ।
आज बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्षसमेत रहेका भीम रावललाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो । व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।
पार्टीले उनिहरुलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै कारबाही गरिएको हो ।
Advertisement