काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापति डिपी अर्याललाई तोकेको छ ।
आज बसेको आकस्मिक सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापति तोकेको हो ।
सभापति रवि लामिछानेविरूद्व हिजो कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै रास्वपाले आकस्मिक सचिवालय बैठक बोलाएको थियो।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व गृहमन्त्री समेत रहेका सभापति रवि लामिछानेको मुद्दामा अदालतको न्यायिक प्रक्रियालाई सघाएर अघि बढ्ने निर्णय गरेको छ ।
Advertisement