प्युठान। प्युठानको ठुलाबेसी बजारमा कृषी हाटबजार लाग्ने भएको छ । यहि पुस १९ गतेदेखि प्रत्येक महिनाको पहिलो र तेस्रो शुक्रबार हाटबजार लाग्ने भएको हो।
आज बसेको गौमुखी गाउपालिकाको ८ औँ कार्यपालिका बैठकले ठुलाबेशीमा कृषिउपज हाट बजार संचालन गर्ने निर्णय गरेको प्रबक्ता सुमित्रा गौचन थकालीले जानकारी दिनुभयो। उहाका अनुसार वैठकले अल्लो प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधी-२०८१ स्वीकृत गर्ने,यहि पुस १९ गते विहान १० बजे गाउँसभाको १८ औँ अधिवेशन आव्हान गर्ने, गाउँपालिकाभित्रका ५ जना मानसिक स्वास्थ्य समस्या भएका विरामीलाई सुधार गृहमा राखेर उपचार व्यवस्था मिलाउने लगायतको निर्णय समेत गरेको छ।
Advertisement