• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, बैशाख २६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित

वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

रेसुङ्गा विमानस्थलबाट उडान थप

राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

२५औं स्थापना दिवसमा प्रेस चौतारी पाल्पाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु

लोकप्रिय समाचार

  • १. घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

  • २. नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री यादव

  • ३. बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना पक्राउ

  • ४. अब माछाका २० बढी परिकार पस्किन सकिने

  • ५. आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा. युवराज खतिवडा

  • ६. लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता बढाइने

  • ७. विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

  • ८. शिक्षकलाई घाइते बनाउने विद्यार्थी पक्राउ

  • ९. हेटौंडामा जमिनमुनि हराएको गाडी अझै फेला परेन

  • १०. त्रिवेणी गाउँपालिकामा पहिलोपटक एमबिबिएस डाक्टर

प्युठानका किसानलाई मह बिक्री नहुने चिन्ता


  •   शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
  • प्युठान । बर्षेनि मह बेचेर राम्रो कमाइ गर्ने सरुमारानी गाउँपालिका–४ मान्द्रेका हुमबहादुर थापाको घरमा अघिल्लो वर्षकै २५ क्वीन्टल मह थन्किएको छ । तर, बेच्न सक्नुभएको छैन।
    उहाँले गत वर्षको उत्पादन नै घरमा स्टग रहेकाले यो वर्ष उत्पादित महले पनि बजार नपाउने चिन्ता थपिएको बताउनुभयो।’गत बर्षको अहिलेसम्म मह बिक्री भएको छैन ।’थापाले भन्नूभयो,‘के गर्नु उत्पादन भएको मह नै बिक्दैन। घरमा राख्नुपरेको छ।’
    पछिल्लो दुई बर्षदेखी उत्पादित महको बिक्रीमा समस्या देखिएको उहाँको भनाई छ। मलेसियाबाट फर्किएर २०७० सालदेखि गाउँमै व्यावसायिक रुपमा मौरीपालन गरेका थापाको हाल एक सय आधुनिक घार मौरी छ । यी घारबाट वर्षमा करीब ५० देखि ५५ क्वीन्टलसम्म मह उत्पादन हुन्छ । मौरिपालक किसान महासंघ प्युठानका अध्यक्ष रहेका थापाले भन्नुभयो,‘मह उत्पादन राम्रो छ, तर, बिक्रीका लागि बजार छैन ।’ भारतबाट सस्तो मुल्यमा आउने महले गर्दा जिल्लामा उत्पादन भएको महले बजार पाउन नसकेको उहाले गुनासो गर्नुभयो ।
    थापा जस्तै सरुमारानी–४ बड्डाडाका टीकाराम पल्लीले २३ बर्षदेखि व्यावसायिक रूपमा मौरीपालन गरिरहनुभएको छ । अहिलेसम्म उहाँले मह बिकेन भन्नुपरेको थिएन । तर, गत बर्ष देखि उहालाई मह बेच्न सकस परिरहेको छ । २०५८ सालदेखि मौरी पाल्दै आएका उहाँले भन्नुभयो,‘ ‘ पहिलो पटक यस्तो समस्या आएको छ । मेरो घरमा झण्डै १० क्वीण्टल मह जम्मा भएर बसेको छ । बिक्री हुँदैन ।’
    बजारमा महको माग घटेपछि आफुले १ सय गोलाबाट घटाएर ६५ गोलामा मौरी झारेको पल्लिले सुनाउनुभयो ।
    स्थानीय ऐरावती बहुउद्देश्यीय साना किसान सहकारीले सदस्य किसानबाट खरिद गरेको कच्चा महलाई मेसिनमार्फत प्रशोधन गर्ने गरेको छ । प्रशोधित महलाई प्याकेजिङ, लेबलिङ गरी बिक्रीका लागि बजार पठाउने गरेको सहकारीका ब्यबस्थापक रेवत प्रसाद खनालले जानकारी दिनुभयो ।
    यो वर्ष १५ टन मह गोदाममा थन्काएर राख्नुपरेको ब्यबस्थापक खनालले बताउनुभयो । उत्पादन राम्रो भए पनि मह बिक्री नहुँदा जिल्लाका किसान निराश छन् ।
    ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका, प्युठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका स्थानीय तह मौरीपालनका लागि उपयुक्त रहेका छन् । त्यसबाहेकका अरू ठाउँमा पनि मौरीपालन गर्ने गरिएको छ ।
    महको प्रकारअनुसार यसको मूल्य पनि फरक पर्छ । बजारमा तोरीको महलाई प्रतिकिलो ४ सय, रुदिलोको महलाई ६ सय र चिउरीको महलाई सात सय रुपियाँ प्रतिकिलो पर्छ ।
    जिल्लाभर ११ हजार ७९६ मौरीका घार रहेका छन् । किसानले सेरेना र मेलिफेरा जातका माहुरीपालन गर्दै आएका छन् । नेपाल मौरीपालक महासंघका अध्यक्ष थापाका अनुसार जिल्लामा हाल ३५ हजार किलो मह बिक्री नभएर थन्किएको तथ्यांक छ ।

    Advertisement

    शनिबार, मङि्सर २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रेसुङ्गा विमानस्थलबाट उडान थप
    राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने
    ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित
    प्रथम रुरुक्षेत्र शालग्राम महोत्सव सुरु
    नेपालमै पहिलोपटक सुनकोशी नदीमा सुरु भयो रिभर ट्यूबिङ
    गुल्मीमा गुडखुदो उद्योगमा अनियमितता, सुधार निर्देश र सहयोगको माग

    लोकप्रिय

    • १.
      घोराहीमा सहकारी पसल प्रवर्द्धनबारे छलफल

    • २.
      नेतृत्व जनतासँगको ईमानदार सम्बन्ध हो : मन्त्री

    • ३.
      बर्दियामा २१ किलोभन्दा बढी अफिमसहित दुई जना

    • ४.
      अब माछाका २० बढी परिकार पस्किन सकिने

    • ५.
      आर्थिक वृद्धिका लागि आन्तरिक ऋण अपरिहार्य: डा.

    • ६.
      लुम्बिनीमा पोषण सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाको

    भर्खरै

    • १.
      सरुमारानी–३ पूर्णखोप सुनिश्चित वडा घोषित

    • २.
      वाइसीएल प्युठानको अधिवेशन उद्घाटन गर्न सांसद ‘सुबोध’ आउँदै

    • ३.
      रेसुङ्गा विमानस्थलबाट उडान थप

    • ४.
      राप्ती गाउँपालिकाले राजमार्ग क्षेत्रको फोहोर नियन्त्रणमा कडाइ गर्ने

    • ५.
      २५औं स्थापना दिवसमा प्रेस चौतारी पाल्पाले गर्‍यो वक्तृत्वकला प्रतियोगिता

    • ६.
      रुपन्देहीको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइयो

    • ७.
      पत्रकार महासंघ गुल्मीले २१औं स्थापना दिवस मनायो

    • ८.
      ‘एक घर, एक धारा’ कार्यक्रमबाट १६ हजार लाभान्वित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • सञ्चालक: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation