गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित हुनु भएको छ । शुक्रबार भएको मतदानमा प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनबाट खत्रीले १३ मत ल्याएर निर्वाचित हुनुभएको हो ।
पत्रकार महासंघ गुल्मी शाखा अध्यक्षमा गठबन्धनबाट अनिल खत्री र प्रेस सेन्टर तिलाचन पाण्डेले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । जसमा पाण्डेले ९ मत ल्याएर पराजीत हुनु भएको छ ।
जिल्ला शाखामा अध्यक्ष सहित सह–सचिव र पाँच जना सदस्यमा निर्वाचन भएको थियो । निर्वाचन भएका पद–सहसचिवमा गठबन्धनबाट मनोज कार्कीले १४ मत ल्याएर निर्वाचित भएका छन्।
अरु पदमा भने पहिले नै र्निविरोध भएका थिए । पत्रकार महासंघ गुल्मीको ७ औं जिल्ला अध्यक्षमा खत्रीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन भएको छ । जसको उपाध्यक्ष गगनशीला खड्का र सुमन महतरा, सचिव सन्तोष महतरा, सहसचिव मनोज कार्की र मनु सुनार, कोषाध्यक्ष सागर भण्डारी, सदस्यहरु सूर्य सुनार, ईश्वरी बस्याल, महेश बोहरा, अनिल के.सी रहेका छन् ।
केन्द्रीय परिषद् सदस्य जनार्दन घिमिरे र रमेश बिश्वकर्मा, प्रदेश परिषद् सदस्य टोपलाल अर्याल चयन भएको निर्वाचन अधिकृत अधिवक्ता हिरा कुँवरले बताइन । गुल्मी पत्रकार महासंघमा सुद्धिकरण पश्चात २५ जना साधारण सदस्य रहेका छन् ।
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित
पत्रकार महासंघ गुल्मीको अध्यक्षमा अनिल खत्री निर्वाचित
Advertisement
तपाईको प्रतिक्रिया