दाङ। दाङको तुलसीपुरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बिहीवार करिब पौने नौ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ तमाखे निवासी ५६ वर्षिय जेम बहादुर सुनार घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । रुखबाट लडेर गम्भीर घाइते भएका सुनारको शुक्रबार १२ बजेतिर बाँके स्थित शिक्षण अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो ।
बिहीवार घर नजिकै रहेको लिपलिपेको रुखको घाँस झार्ने क्रममा उनी लडेका हुन। उनलाई टाउको र छातिमा गहिरो चोट लागेको थियो ।
Advertisement