नवलपरासी। नवलपरासीमा माईक्रोबसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
शनिवार सुनवल नगरपालिका वडा नं. ७ ज्यामिरे चोक स्थित पुर्व- पश्चिम राजमार्गमा बुटवलबाट बर्दघाट तर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माइक्रोबसले सोही दिशा तर्फ जादै गरेको लु ७९ प ९१४० नं मोटरसाईकललाई ठक्कर दिँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.६ -१० नम्बर टोल बस्ने ३२ बर्षिय ऋिषी लम्तरीको मृत्यु भएको हो।
दुर्घटनामा परि गम्भीर घाईते भएका लम्तरीलाई उपचारको लागी भलुही मेडिकल कलेज पठाईएको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमको लागी लुम्बिनी प्रादेशीक अस्पताल पठाईएको छ।
दुर्घटनामा मोटरसाईकलको पछाडी सवार सोही ठाउं बस्ने २९ बर्षिय बिवेक गुरुङ घाईते भएका छन ।
माईक्रोबस र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।
नवलपरासीमा बसको ठक्करबाट एक जनाको मृत्यु
नवलपरासीमा बसको ठक्करबाट एक जनाको मृत्यु
Advertisement
तपाईको प्रतिक्रिया