• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, जेठ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

किसानलाई सहुलियतमा धानको बीउ

गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र लुम्बिनीमा अब्बल

लोकप्रिय समाचार

  • १. प्युठानको सर्वोच्च शिर : कोठिभिर

  • २. प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा दोहोरिए

  • ३. इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय : सभामुख घर्ती

  • ४. हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

  • ५. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ६. आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो सहारा

  • ७. मेयर कप कराँते : पाँच स्वर्णसहित सूर्यविनायक च्याम्पियन

  • ८. सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

  • ९. राप्ती–३ मा क्षयरोग स्क्रिनिङ, दुई जनामा क्षयरोग पुष्टि

  • १०. विश्वप्रकाश शर्माको प्रधानमन्त्रीलाई दोस्रो पत्र: “बजेटमा हिमाल देखियोस्”

आफ्नै लोकमार्ग र प्रादेशिक सडक खोज्दै लुम्बिनी प्रदेश सरकार


  •   बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
  • दाङ–लुम्बिनी प्रदेश सरकारले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको छ । नयाँ सरकार गठन भएपछी भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रादेशिक सडक सञ्जाल गुरुयोजना निर्माणलाई अन्तिम चरणमा पु¥याएको हो ।
    प्रादेशक सडक गुरुयोजना नबन्दा सडक निर्माण गर्न बजेट छरिने र त्यसले उपलब्धी दिन नसक्ने भएपछी प्रदेश सरकारले गुरुयोजना निर्माणको कामलाई अन्तिम चरणमा पु¥याएको भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयो ।‘प्रदेशको समृद्धि र विकासको भविस्यको आधार प्रादेशिक सडक गुरुयोजना हुने छ । गुरुयोजना निर्माणको काम अहिले अन्तिम चरणमा पु¥याएका छौं’उहाँले भन्नुभयो,‘प्रदेशको आफ्नै लोकमार्ग र प्रदेशक सडकको क्षेत्र निर्धारण हुन्छ । बार्षिक योजना अनुसार त्यसमा बजेट विनियोजन गर्ने र कार्यान्वयन गर्ने काम सहज रुपमा अघि बढ्छ।’ लुम्बिनी प्रदेश सरकारले २०७७ सालमा सडक निर्माण, मर्मत संभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ल्याएको थियो । यो ऐनलाई कार्यान्वयन गर्नेगरी प्रदेश सरकारले अहिले प्रादेशिक सडक गुरुयोजना निर्माणको काम अघि बढाएको हो ।

    यस्ता छन् प्राथमिकताका आधार

    Advertisement

    प्रदेश लोकमार्ग र प्रादेशिक सडकको पहिचानका लागी केही आधारहरु कानुनी रुपममै तयार पारेको छ । जस्तो की प्रदेश लोकमार्ग भित्र दुई वा दुई भन्दा बढी जिल्ला भएर जाने प्रमुख सडक, छिमेकी प्रदेश जोड्ने प्रदेशका मुख्य सडक, राष्ट्रिय लोकमार्गबाट शुरु भई अर्काे लोकमार्ग जोड्ने सडक, कुनै केन्द्रिय सडक सञ्जालमा नपर्ने दुई जिल्लाका केन्द्र जोड्ने सडक, संघबाट हस्तान्तरण भएका सहायक लोकमार्गहरु र प्रदेश सरकारले निर्माण गरेका गौरवका सडकहरु पर्ने प्रदेश सरकारले जनाएको छ ।
    यस्तै प्रादेशिक सडक भित्र प्रदेश भित्रका कम्तिमा स्थानीय तहको दुई केन्द्र जोड्ने सडक, एकै जिल्लाभित्र रहेका राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि कृषि, पर्यटन, उद्योग, व्यापार, खानी, वस्ती, जलाशय, तथा प्रदेशका महत्वपूर्ण आयोजना स्थल जोड्ने सडक, राष्ट्रिय लोकमार्ग वा प्रदेश लोकमार्गदेखि स्थानीय तहका केन्द्र जोड्ने सडकहरु, संघ वा प्रदेश सरकारका सरकारी निकायसम्म पहुँच पु¥याउने सडकहरु पर्ने भौतिक पूर्वाधार विकास मन्त्री ढकालले जानकारी दिनुभयो ।
    मन्त्रालयले तयार पारेको विवरण अनुसार प्रदेशमा तीन सय ८९ वटा सडक प्रदेश भित्र रहेका छन् । जस मध्य ३१ वटा सडक प्रादेशिक सडकको रुपमा पहिचान भएका छन् । यि सडकहरुले दुई वा दुई भन्दा बढी जिल्ला जोडेका छन् । जसको लम्बाई एक हजार पाँच सय ६१ किलोमिटर छ । पाँच वटा सडक २० किलोमिटर भन्दा सानो लम्बाईको छन् । प्रदेश सरकारले अघि बढाएको प्रदेश गौरवको आयोजनामा पर्ने रामपुर कपुरकोट सडक खण्ड एक सय ९६ किलोमिटर लामो छ । सडक गुरुयोजना निर्माण भएपछी सोही आधारमा निश्चित अवधी तोकेर सडक पूर्वाधार निर्माण सम्पन्न गर्ने सरकारले तयारी गरेको हो ।

    सबैले अपनत्व हुनेगरी गुरुयोजना बन्छः मुख्यमन्त्री आचार्य

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक सडक सञ्जाल गुरुयोजनामा सबैले अपनत्व लिनेगरी टुंग्याउने बताउनु भएको छ । पूर्वाधार विकासलाई नयाँ उचाईमा पु¥याउन सडक सञ्जाल गुरुयोजना निर्माणको काम अन्तिममा पुगेको, जिल्ला तहमा छलफल गरेर अन्तिम रुप दिने बताउनु भएको हो । ‘प्रदेश सडक गुरुयोजना बन्दैछ । प्रस्तावको रुपमा मन्त्रालयले अघि बढाउछ । जिल्लाका प्रदेश सभा सदस्यहरुलाई राखेर अन्तिम रुप दिन्छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश स्तरका हाइवे बनाउने र प्रदेश स्तरका सडक कती लामो बनाउने ? एउटा जिल्लामा कती सडकमा प्रदेशबाट कायम गर्ने ? जिल्लामा छलफल गरेर टुंग्याउछौं।’ प्रदेशमा सडक गुरुयोजना निर्माण नहुदा समस्याहरु परेकाले वर्तमान सरकारले गुरुयोजनालाई टुंग्याउनेगरी अघि बढेको जानकारी दिनुभयो । असोज महिना भित्र गुरुयोजना बनाईसक्ने तयारी सरकारले गरेको छ ।

    बुधबार, असोज ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन
    लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग
    किसानलाई सहुलियतमा धानको बीउ
    गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य
    बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए
    सहुलियत कृषि कर्जाका लागि बैङ्कहरुले सहजीकरण गर्ने

    लोकप्रिय

    • १.
      प्युठानको सर्वोच्च शिर : कोठिभिर

    • २.
      प्युठानका पुन राष्ट्रिय युवा संघको केन्द्रीय

    • ३.
      इच्छुक क्रान्तिकारी नेताका रूपमा पनि स्मरणीय :

    • ४.
      हराउँदै गएका प्युठानका ‘कोट’हरू: सत्ताबाट सम्पदासम्मको यात्रा

    • ५.
      आगोले खायो पसल, उद्योग बाणिज्य संघले पुर्‍यायो

    • ६.
      प्युठानका खोलामा अवैध उत्खनन, जेसिवी र टिपर

    भर्खरै

    • १.
      रुपन्देहीमा नेपालकै ठुलो प्राङ्गारिक मल उद्योग सञ्चालन

    • २.
      लुम्बिनी–स्वर्गद्वारी–सुपादेउराली सांस्कृतिक रुट विकासको माग

    • ३.
      मध्यपुरमा धिमे तालिम सम्पन्न, ५३ जना युवा प्रशिक्षित

    • ४.
      किसानलाई सहुलियतमा धानको बीउ

    • ५.
      गुल्मीमा विश्व सुर्तीजन्य पदार्थ रहित दिवसमा सचेतना कार्यक्रम

    • ६.
      गौमुखी भ्रमण वर्ष २०८२ घोषणा, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

    • ७.
      राप्तीमा ६२६ जनाको क्षयरोग परीक्षण, १७ मा पुष्टि

    • ८.
      बजेटमा स्वर्गद्वारी, नौमुरे र रणनीतिक सडक समेटिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation