बाँके। बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा तीन जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा दाङकाे तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली तथा घोराहीका विमल राई रहेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । दुर्घटनामा २६ जना घाइते भएका छन् । घाइतेहरूको नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ।
दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement