गुल्मी । गुल्मी जिल्लामा आर्थिक वर्ष २०८०÷८१ म राहदानी लिनेको संख्यामा कमी आएको छ । गसले गर्दा राजस्व संकलनमा पनि कमी भएको हो ।
आथिक वर्ष २०८०÷०८१ ममा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट १२ हजार ४ सय ५० राहदानी वितरण भएको छ । जसबाट ६ करोड ४१ लाख ६७ हजार ३५० रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १५ हजार ८६ जनाले राहदानी लिएका थिए । जसबाट कार्यालयले ७ करोड ३८ लाख ६ हजार ८ सय रुपैयाँ राजश्व संकलन गरेको थियो । गुल्मीमा राहदानी लिनेको संख्या घटेसंगै राजश्वमा पनि कमि आएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
कार्यालयले एक वर्षको आवधीमा गरेका कामहरुको बारेमा प्रगती विरवण समेत प्रस्तुत गरेको छ । अघिल्लो वर्ष प्रशासन कार्यालय मार्फत १० हजार तीन सय ६७ वटा नागरिकता जारी भएका थिए ।
अहिले घटेर ९ हजार ६ सय १८ वटा जारी गरेको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा पाँच हजार सात सय ३६ नागरिकता प्रतिलिपी,४८वटा गैरआवासिय नागरिकता वितरण गरेको छ । प्रशासनले सात सय ६६ नाबालक परिचयपत्र वितरण गरेको छ । १६ हजार आठ सय ४४ राष्ट्रिय परिचय पत्र विवरण दर्ता भएपनि कार्यालयले १ हजार ९ सय मात्र वितरण गरेकोे प्रशासनले जनाएको छ ।
अहिले जिल्लाका ग्रामीण वस्तीमा बराइँसराईको दर पनि बढदो छ। मानिसहरु गाउँमा कुनै अबसरहरु नभएपछि अबसरको खोजी गर्दै शहर र प्रदेश पस्ने गर्नाले गाउँ रित्तिदै जान थालेको छ । जसले गर्दा सेवा लिनेको संख्यामा पनि कमी हुँदै जान थालेको छ । प्रशासनले एक वर्षका उपलब्धी र आगामी कार्य योजना बारे सार्वजनिक गर्दै सेवाग्राहीहरु कसैको भनसुनमा नभई छिटो छरिटो तरिकाले प्रशासनले सेवा दिँदै आएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
जसको लागि प्रशासनमै नागरिक सहायता कक्ष स्थापना गरिएको छ । जसले गर्दा हाल प्रशासनमा सेवा लिनेहरु अलमल गर्नु पर्ने कसैलाई भनसुन गर्नुपर्ने झनझटको अत्य गरिएको छ ।
गुल्मीमा राहदानी लिनेको संख्यामा कमी
गुल्मीमा राहदानी लिनेको संख्यामा कमी
Advertisement
तपाईको प्रतिक्रिया