नवलपरासी। नवलपरासीको नारायणी नदीमा दाउरा टिप्ने क्रममा एक जना बेपत्ता भएका छन।
शनिवार सुस्ता गाउँपालिका वडा नं ५ सकरदिनहि बस्ने ३३ बर्षिय अर्जुन चमार घर देखी करिब २ किलोमिटर पुर्व स्थित नारायणी नदीमा बाढीले बगाई ल्याएको दाउरा टिप्ने क्रममा नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।
नदीमा बेपत्ता भएका चमारको स्थानीय सहित प्रहरी टोलीको सहयोगमा खोज तलास भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी रेशम बोहराले बताए।
बर्षातको समयमा दाउरा टिप्ने क्रममा नारायणी नदीमा डुबेर बर्षेनी स्थानीय बेपत्ता हुने र ज्यान समेत गुमाउने गरेका छन।
Advertisement